Logo

तीन पुस्तासम्म पनि मुआब्जा नपाएका कोशीपीडितहरुको पिडा

Kanchan 24 २३ पुष २०७८, शुक्रबार ०८:३१ मा प्रकाशित

२३ पुष ,राजविराज ।
तीन पुस्तादेखि संघर्ष गर्दै आएपनि मुआब्जा पाउन नसकेका कोशीपीडितहरुले मुआब्जा पाउन पुनः माग गरेका छन् । उनीहरुले बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेका हुन् ।
लामो समयदेखि मुआब्जा पाउन नसकेकाहरुले गठन गरेको कोशी नदी कटान डुवान पीडित संघर्ष समितिले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गर्दै मुआब्जा उपलब्ध गराउन पहल गरिदिन सबैसँग आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा समितिका संयोजक महीदेव चौधरीले कोशीको बहावले क्षति भएको बालीको सम्झौता अनुसार क्षतिपुर्तिका लागि भारत सरकार सकारात्मक भएपनि नेपाल सरकारले नै यसतर्फ चासो नदिएको बताए ।
उनका अनुसार २०७४ सालमा दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शेर वहादुर देउवाले त्रिभुवन विमान स्थलमा पत्रकार सम्मेलन मार्फत कोशी पीडितलाई क्षतिपुर्ती मुआब्जा दिने तय भएको आश्वासन दिएपनि आफूहरुले पाउन नसकेको बताए । सप्तरी, सुनसरी र उदयपुर गरि ७ हजार ६६३ बिगाहा ८ कठ्ठा २ धुर जग्गाको नेपाल र भारतबाट निरीक्षण हुँदा ४९ हजार विगाहा छुट भएको जग्गालाई समेत निरीक्षण गर्न प्रकृया अगाडि बढाइएको उनले बताए ।
चतरादेखि कुनौलीसम्म पचासौं हजारभन्दा बढी किसान मारमा परेकाले, निर्णय अनुसार क्षतिपुर्ति पाउने व्यवस्था गरिनु आवश्यक रहेको उनीहरुले पत्रकार सम्मेलनमा सुनाए । दुवै देशको सरकार बीच २०११ सालमा भएको कोशी वैरेज सम्झौतामा भारत सरकारले उक्त क्षतिपुर्ति दिने उल्लेख रहेकाले सम्झौता अनुसार क्षति व्यवस्था गरिदिन उनको तर्क छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार