Logo

अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि ,सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन अनुरोध

Kanchan 24 २४ पुष २०७८, शनिबार ११:१९ मा प्रकाशित

२४,पुष ,काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ । प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।
कोरोना संक्रम भए पनि उनको अवस्था सामान्य रहेको सचिवालयको भनाई छ । सचिवालयका अनुसार अहिले प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।
सचिवालयले डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको जनाएको छ ।
यस्तै अध्यक्ष प्रचण्डसँग योबीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत सचिवालयले अनुरोध गरेको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार