Logo

कञ्चनरुप नगरपालिकामा लगाईएको ताला ७५ दिन पछि खोलियो

Kanchan 24 २५ पुष २०७८, आईतवार १२:२० मा प्रकाशित

२५ पुष, कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कक्षमा लगाईएको ताला ७५ दिन पछि आज खोलिइको छ ।
गत कार्तिक १० गते लगाईको ताला ७५ दिन पछि नेपाली काग्रेस नगर सभापति तथा ५ वडा अध्यक्ष कैलास कुमार साहको अगुवाईमा तथा नेपाली काग्रेस कार्यकर्ता एवम् काग्रेस जनप्रतिनिधहरुको सहयोगमा  खुलाईएको हो ।
७५ दिनको अवधिमा हाजिर गराउने र नगराउने विषयमा दुवै पक्ष विच अदालतमा मुदाको जुहारी नै चलेको थियो ।
कार्तिक २८कञ्चनरूपमा कार्यकारी अधिकृत रेणुका साहलाई हाजिर गराउने अदालतको आदेश दिए पनि हाजिर हुन सकेकि थिइन्न ।
ताला बन्दीको ५ राजनीतिक दल बिरोध समेत गरेपछि प्रमुख प्रशासकिय अधिकृतको कक्ष वाहेक अन्य कक्षहरु भने खुल्ला गरिएको थियो ।


ताजा समाचार
ट्रेंडिंग समाचार