Logo

कञ्चन२४ सहकर्मी सदा सम्मानित

Kanchan 24 २६ पुष २०७८, सोमबार १८:०२ मा प्रकाशित

२६,पुष ,राजविराज ।
२८औं लोकेन्द्र स्मृति दिवस ,उमा सिंहको १३ औं स्मृति दिवसमा १२ औं वातावरणीय पत्रकारिता पुरस्कारबाट पातो सहकर्मी पत्रकार महेन्द्र सदा सम्मानित  भएका छन ।
उनलाई लाई २८औं लोकेन्द्र स्मृति दिवसको अवसर पारेर प्रदेश २ अर्थमन्त्री तथा सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले प्रदान गरेका थिए । सहकर्मी सदा कञ्चन२४ संञ्चालन पछि पातोबाट रिपोटिङ्ग गर्र्दै आइरहेका छन ।
आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक ,सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा अग्रसरतामा वातावरणीय पत्रकारिता पुरस्कार दिइँदै आईएको छ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादव, प्रदेश २ का मिडिया काउनसिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराई, महासंघका प्रदेश सचिव भोला पासवान, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, वरीष्ठ पत्रकार अनिल अनल, महासंघका केन्द्रिय सदस्य ललिता साह र पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघ शाखा सप्तरीका पुर्व अध्यक्षहरु वैधनाथ झा, धिरेन्द्र प्रसाद साह, मुरली प्रसाद यादव र विष्णु मण्डल लगायतकाले मन्तव्य व्यक्त गरे ।


ताजा समाचार
ट्रेंडिंग समाचार