Logo

सप्तरीमा मास्क खै अभियान प्रारम्भ ,अटेर गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी

Kanchan 24 २८ पुष २०७८, बुधबार १९:३४ मा प्रकाशित

अम्विका दहाल
२८ पुस ,राजविराज, ।
सप्तरीको राजविराजस्थिति गजेन्द्र चौकबाट तपाईको मास्क खै अभियान प्रारम्भ शुरु भएको छ भने सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई कानुनी कारबाही गरिने भएको छ ।
खै अभियान उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मास्क नलगाई हिडिरहेका व्यक्तिलाई मास्क वितरण गरेका थिए भने प्रजिअ गौतमले मास्क अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिँदै सप्तरीका सिमानाकामा पनि मास्क अनिवार्य अभियान सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए ।


प्रजिअ गौतमले अभियानलाई प्रभावकारी बनाउ र कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन फैलिंन नदिन न्यूनीकरण गर्ने आधार मास्कको प्रयोग पनि भएकोले मास्क प्रयोग अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनु बताए । प्रजिअ गौतमले सानो लापरबाही र हेलचेक्राईको कारण कोरोना फैलिन सक्ने खतरा भएको भन्दै कोरोना न्यूनीकरण गर्न सबै सचेत हुनुपर्ने आबश्यकता औलाए ।


सोहि कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले मास्क प्रयोग गर्न अनुरोध गर्दै माक्स लगाउन अटेर गरे कानुनी कारबाही गर्ने चेतावनी दिए ।
सामुदायिक सेवा केन्द्र सप्तरीद्वारा आयोजित कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मीहरु, नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


ताजा समाचार
ट्रेंडिंग समाचार