Logo

आवास योजना र नियमावली स्वीकृत ८वटै जिल्लामा १०/१० परिवारको घर निर्माण हुने :प्रदेश २ सरकार

Kanchan 24 ३० पुष २०७८, शुक्रबार २०:५२ मा प्रकाशित

३० पुस, कञ्चनरुप ।
महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियमावली प्रदेश २ सरकारले स्वीकृत गरेको छ ।
प्रदेश २ को मन्त्री परिषद्को बैठकले सो आवास योजना, कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियामावली स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।आवास योजना २०६८ स्वीकृत भएसँगै प्रदेशभरमा ६ सय १० विपन्न परिवारले आवास पाउने उनले बताए ।
अर्थमन्त्री साहले अनुसार सो कार्यक्रम अन्तर्गत आठ वटै जिल्लाको प्रत्येक विधान क्षेत्रमा १०–१० परिवारको घर निर्माण गरिनेछ भने
असहाय र विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सिमान्तकृत जाती, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकतामा राखेर आवासको व्यवस्था गरिने जनाएक छन।
आवास अन्तर्गत कुल पाँच लाख रुपैयाँमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय निर्माण गरिने अर्थमन्त्री साहले जनाएक छन ।


ताजा समाचार
ट्रेंडिंग समाचार