
३०,पुष , फत्तेपुर
एमसीसी खारेज गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी ),ले शुक्रवार सप्तकोशी नगरपालिका फत्तेपुरमा विरोध प्रर्दशन गरेको छ ।
एमसीसी सम्भmैता खारेज गर , राष्ट्रिय सम्पतीमाथीको अतिक्रमण बन्द गर , एमसीसी चाइदैन राष्ट्रियता बेच्न पाइदैन, राष्ट्रियकता जिन्दावाद जस्ता नारा लगाउदै नेकपा (एकीकृत समाजवादी ),ले शुक्रवार सप्तकोशी नगर कमिटिले नगर परिक्रमा गरि विरोध सभामा परिणत भएको थियो ।
नेकपा एस सप्तकोशी नगर कमिटिका अध्यक्ष फेकुलाल चौधरीको अध्यक्षतामा आयो जित कार्यक्रममा प्रमुख अतिथी नेकपा एस प्रदेश कमिटि उप सचिाव नारायण प्रसाद आचार्यले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । उनले एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने दाबी गरे । उनले अमेरिकाको पैसा खाएकाहरुले, आश्वासनमा बिकेकाहरुले नै एमसीसी पास गर्न खोजेको आरोप लगाए । एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताए । उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए ।