Logo

७ सय ९८ एम्पुल लागू औषधसहित एक महिला पक्राउ

                     
Logo २२ माघ २०७८, शनिबार १४:२३    

२१ माघ मकवानपुर ।

मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका(४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका(११ बस्तीपुरमा डेरा गरी बस्दै आएका २९ वर्षीया नानीमाया खत्री रहेका छन् ।

प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको छ । पक्राउ परका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?