Logo

दाङमा चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको जलेर मृत्यु

                     
Logo २८ माघ २०७८, शुक्रबार ११:४५    

२८ माघ, काठमाडौं ।

दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्तारचप्पल गोदाममाआगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको हो ।

आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको उनले जानकारी दिए । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।

मृत्यु हुनेमा तुल्सिपुर उपमहानगर पालिका ५ बस्ने अन्दाजी वर्ष १४ की साजिदा खातुन, सोही ठाउँ बस्ने वर्ष १५ वर्षीय हसन बकस, १७ वर्षका मसिन बकस, ४२ वर्षका नजरदीन अलि,६ वर्षका आबिददीन अलि रहेका छन् । त्यस्तै आगलागीमा परी एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।

विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ ।

आगलागी बिहान २ बजेदेखि सुरु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?