
विरेन्द्र साह




८ फागुन राजविराज ।
सप्तरीको डाकनेश्वरी नगरपालिकाको वडा न ९ पत्थरगडा चुनावले रङ्गिएको छ ।

पूर्वपश्चिम हुलाकी सडक खण्डको पत्थरगडा पुगेपछि जो कोही पनि चुनावको व्यापक प्रचारप्रसारले एकछिन ध्यानाकर्षण गराउ छ ।
यो चुनाव कुनै स्थानीय, प्रदेश वा सङ्घीयको होइनन् । एक माविमा विद्यालय व्यवस्थापन समितिको चुनावी प्रचारप्रसारमा देखिएको दृश्य हो यो । फाल्गुन ९ गते चुनावका लागि आइतबार विद्यालय बन्द गरिएको छ । विगत एक हप्तादेखि दुई पक्षको प्रचारप्रसारमा झण्डै १ सय वटा मोटरसाइकल पहिचान हुनेगरेको छ । विद्यालय व्यवस्थापन समितिको चुनावलाई लिएर स्थानीय चिन्तित बनेको छ । स्थानीय रामदेव खङ्गले भने हजुर यो त स्थानीय चुनावभन्दा भड्किलो छ । दैनिक जसो ५० र १०० जनालाई दारु मासु मोटरसाइकल र्याली भोट तान्न रकमको चलखेल हजुर यो त बल्झनै गारो छ । सप्तरीको एसएलसी मा वि मौकहि पत्थरगडा हाल डाकनेश्वरी नगरपालिका वडा न ९ को विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेकोले सो चुनाव माहोलको रूप लिएको हो ।
विक्रम सम्वत् २०१६ सालमा स्थापन भएको उक्त विद्यालयमा विगत लामो समयसम्म विद्यालय व्यवस्थापन समिति गठन नहुदाँ राजनीति रङ्गमा रङ्गाएको हो । लामो समयसम्म समिति विहीन बन्दा विद्यालयको शैक्षिक वातावरण बिग्रेको छ ।स्थानीय बासिका अनुसार विगत दुई वर्ष कोरोनाले शैक्षिकसत्र तहसनहस भयो अब राजनीति शास्त्रले बिग्रिने भयो । जबदेखि विद्यालय स्थानीय निकायमा गाभियो अनि त राजनैतिक दलको चुनावी मैदान हुने नै भयो स्थानीय भोला चौधरीले भने । विद्यालय शान्तिपूर्ण क्षेत्र हुनुपर्छ तर यहाँ त अशान्ति क्षेत्र बन्दै छ उनको तर्क छ । डाकनेश्वरी नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि सर्वसम्मति बनाउन आवश्यक मात्रामा पहल नगरिँदा यो चुनाव माहोलको रूप लिएको हो ।
विद्यालय व्यवस्थापन समिति गठनका लागि दुई पक्ष चुनावी दौडमा रहेको छ । माछा चुनाव चिन्हबाट अमरनाथ यादव, श्री प्रसाद यादव, जानकी देवी र भवानी देवी खङ्ग रहेको छ । त्यसैगरी घडि चुनाव चिन्हबाट रामदेव यादव, शङकर प्रसाद सिंह र राधा देवी साह रहेको छ । कुल १ हजार ४० मतदाता रहेको सो विद्यालयमा ४ पदका लागि फागुन ९ गते सोमवार चुनाव हुने विद्यालयको प्रधानाध्यापक देवु प्रसाद यादवले जानकारी दिए । कुल १ हजार ४ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा २१ जना शिक्षक, शिक्षिका कार्यरत रहेको छ ।