
१९ चैत्र ,कञ्चनरूप ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा गत मङ्सिरमा सम्पन्न अधिवेशनबाट निर्वाचित सभापति कैलाश शाह लगायत अन्य पदाधिकारीहरूको पदस्थापना भएको छ ।
मङ्सिरमा सम्पन्न अधिवेशनबाट सभापति ,कैलाश कुमार साह ,उपसभापति पशुपति प्रसाद गुप्ता ,उपसभापति बैजनाथ गुप्ता सचिव करिम शेख सचिव वीरेन्द्र कुमार गुप्ता सह सचिव रामानन्द साह ,सहसचिव उमाकान्त लगायत ६० जना नगर कमिटी सदस्यहरूलाई सप्तरीको बरमझियामा आयोजित कार्यक्रममा पदस्थापना गरिएको उप सभापति बैजनाथ गुप्ता बताए ।
पदस्थापना कार्यक्रमको अतिथि सप्तरी जिल्लाका सभापति श्री रामदेव शाह , विशिष्ट अतिथि क्षेत्र नं १ का सभापति श्री ललन प्रसाद गुप्ता , अतिथि हेमराज तातेड , लगायत १२ वटै वडा को वडा सभापतिहरूको आतिथ्यमा नगर कमिटी को पदस्थापना सम्पन्न भएको बताइएको छ । साथै नेपाली कांग्रेस मा विभिन्न वडा बाट विभिन्न पार्टी परित्याग गरी यस पार्टीमा प्रवेश गरी सरिता देवी ठाकुर लगायत एक दर्जनौं बढि पार्टी प्रवेश भएको उल्लेख छ। ।