Logo

प्रचण्ड कम्युनिष्ट हुन् भने म कम्युनिष्ट होइन : ओली

                     
Logo २१ चैत्र २०७८, सोमबार १९:१३    

चैत्र २१ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्दै प्रचण्ड कम्युनिष्ट भए आफू कम्युनिष्ट नभएको बताएका छन् ।

जनताले नबुझेर वामपन्थी भन्दा प्रचण्ड सम्झने गरेको भन्दै ओलीले प्रचण्ड कम्युनिष्ट हुन् भने आफू कम्युनिष्ट नभएको बताएका हुन् ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने– ‘यदि प्रचण्ड भन्ने मान्छे कम्युनिष्ट हुन् भने म कम्युनिष्ट होइन । म कम्युनिष्ट हुँदा प्रचण्ड कम्युनिष्ट हुनै सक्दैनन् ।’

आफू शान्ति र एकताको पक्षमा रहेको तर प्रचण्ड सधैँ द्धन्द्धको पक्षमा रहेको भन्दै प्रचण्ड चारित्रिक रुपमा कम्युनिष्ट हुन नसक्ने बताएका हुन् ।

ओलीले भने– ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा हुन्छु । उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु । अब भन्नुस् उहाँ कसरी कम्युनिष्ट हुनु भयो ?दृष्टिबाट

 


लोकप्रिय छुटाउनुभयो कि ?