Logo

वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्ने 

                     
Logo ४ बैशाख २०७९, आईतवार ०९:५७    

४, बैशाख कञ्चनरूप ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ भने वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्नेछन् ।

सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ । सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ ।

अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले चुनावसम्बन्धी काम गर्ने आयोगले जनाएको छ ।वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम छ ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?