Logo

कृषि गणनाका लागी गणक र सुपरीवेक्षक को तालिम सम्पन्न

                     
Logo ७ बैशाख २०७९, बुधबार १२:५९    

अम्बिका दहाल

७ , बैशाख , राजविराज ।

राष्ट्रिय कृषि गणना जिल्ला कृषि गणना कार्यालयले गणक र सुपरीवेक्षक  को ८ दिने तालिम सम्पन्न गरेको छ ।

१५२ जना  सहभागिता रहेको उक्त  तालिमका लागि सुपरीवेक्षकको लागि स्नातक र गणकको लागि १२ कक्षा उत्तीर्णलाई माग गरिएको थियो  २०७९/०१/०६ गतेदेखि सुपरीवेक्षकको काम शुरु भएको जिल्ला कृषि गणना अधिकृत सञ्जय कुमार चौधरीले बताउनु भयो । प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना जस्तै कृषि गणना पनि १० वर्षमा हुने चौधरीले बताउनु भयो। देश सङ्घीयतामा गएपछिको सातौँ गणना रहेको बताउनु भयो।

प्रत्येक स्थानीय तहको लागि योजना तर्जुमा ,कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने आवश्यक कृषि सँग सम्बन्धित तथ्याङ्कहरू र कृषि गणना बाट उपलब्ध कृषकले कति वाली लगाएका छन् , १ वर्षमा त्यो बालिको उत्पादन कति भयो , सिँचाइको अवस्था कस्तो छ ,अस्थाई वाली  वा थाइ वाली के लगाएको हो भन्ने सबै जानकारी हुने ।

आधुनिक प्राविधिक कृषि औजार कतिको प्रयोग भएको छ  , कीटनाशक औषधि प्रयोग गरेको न गरेको ,बिउँ बिझन स्थानीय हो वा हाइब्रिट हो र केन्द्रिय सरकार , प्रदेश सरकार वा स्थानीय सरकारले  त्रृण कतिको लगानी गरेको छ या त्रृण अनुदान दिएको छ कि छैन भन्ने सम्पूर्ण जानकारी रहने चौधरीले बताउनु भयो ।

कृषि गणनाको सार ,

कृषि योजनाको पूर्वाधार भन्ने नाराका साथ यो कार्यक्रम अघि बढेको अधिकृत चौधरीले हामीलाई बताउनु भयो ।


लोकप्रिय छुटाउनुभयो कि ?