
अम्बिका दहाल
२३ जेठ राजविराज ।
सप्तरीका १८ वटै स्थानीय तहमा राष्ट्रिय कृषिगणना २०७८ सम्पन्न भएको छ ।
सातौँ राष्ट्रिय कृषिगणना कार्यक्रमको स्थलगत सञ्चालित भई संकलन कार्य गत बैशाख ६ गते देखी सञ्चालित जेठ १९ गते सम्पन्न भएका हो ।
४५ दिनको सम्म सञ्चालन रहेको कृषि गणनामा जिल्ला भर ३४ जना सुपरीवेक्षक र १२४ जना गणक गरी जम्मा १६८ जना परिचालित थिए ।
नमुना सर्वेक्षण विधिमा आधारित कृषिगणना १८ वटै पालिमा ३८२ वटा गणना क्षेत्र रहेका थिए भने सबै कृषक परिवारको सूचिकरण र त्यसको छनौटबाट परेका ९५५० जना कृषक परिवारहरूको विवरण संकलन गरिएको छ ।
जेठ १७ गते गाईपालन र दुग्ध उत्पादन क्षेत्रको रुपमा चिनिएको अगिनसाईर कृसवरण गा.पा.को वडा नं. ६, मोहनपुरमा संस्थागत कृषक परिवारको तथ्याङ्क संकलन कार्यको अनुगमन गरी फिल्डमा खटिएका सुपरीवेक्षक, गणक, किसान, स्थानीय बुद्धिजीवी, वडाका प्रतिनिधि लगायतका पदाधिकारीहरूसँग छलफल र् अवलोकन भ्रमण गरिएको बताइएको छ । ।
गणना सम्पन्न पश्चात सुपरीवेक्षक तथा गणकहरूले गणना सामग्रीहरू कार्य बुझाउने काम भइरहेको जिल्ला कृषिगणना कार्यालयले जनाएको छ ।