Logo

छिट्टै मन्त्री परिवर्तन हुने छ : अध्यक्ष माधव नेपाल (भिडियो अन्तर्वार्ता )

Kanchan 24 २४ जेष्ठ २०७९, मंगलवार १८:५९ मा प्रकाशित

२४ जेठ, राजविराज ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताउनु भएको छ ।
नेकपा एसका जिल्ला कमिटी सदस्य तथा सुरुङ्गा नगरपालिकाको मेयरका प्रत्यासी उम्मेदवार रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आउनु भएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।
नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि केही मिलाउनुपर्नेछ भएकाले त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, अन्यथा कुरा छैन । प्रधानमन्त्री समक्ष 
नाम गइसकेको छिट्टै मन्त्री परिवर्तन आशा राखेको बताउनु भएको छ । 
गठबन्धन भने अगाडि बढिरहने अध्यक्ष नेपालको भनाई रहेको छ ।  प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका निम्ति उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गठबन्धनमा छलफल भैरहेको र गठबन्धनमा  छलफल अघि बढाउनुपर्नेमा कुरा सबै तयार तयार बताउनु भएको छ ।
एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट विरोध खतिवडा, शहरी विकास मन्त्रीबाट रामकुमारी झाँक्री र श्रम तथा रोजगार मन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई  पठाउने तयारी छ । 


ताजा समाचार
ट्रेंडिंग समाचार