Logo

रामनारायण चौधरीको निधनले पार्टीमा ठुलो क्षति : नेकपा एस अध्यक्ष नेपाल

Kanchan 24 २४ जेष्ठ २०७९, मंगलवार १९:४८ मा प्रकाशित

२४ जेठ ,राजविराज ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रामनारायण चौधरीको निधनले पार्टीमा ठुलो क्षति भएको बताउनु भएको छ ।
नेकपा एसका जिल्ला कमिटी सदस्य तथा सुरुङ्गा नगरपालिकाको मेयरका प्रत्यासी उम्मेदवार रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिँदै यस्तो बताउनु भएको हो ।
अध्यक्ष नेपालले भन्नु भो रामनारायण चौधरीको सप्तरीको कम्युनिष्ट आन्दोलनको एक अहम् हिस्सा हुनुहुन्थ्यो र जीवन भर  कम्युनिष्ट योद्धा भर काम गर्नु भयो यसको मल्याङ्कन पार्टी गर्ने उल्लेख गर्नु भएको छ ।
अध्यक्ष नेपालले शवयात्रामा समावेश हुँदै बनाल खोलामा गएर चौधरीको पार्थिव शरीरमा पार्टीको झण्डा समेत ओढाउनु भएको थियो ।
शवयात्रामा सिङ्गो जिल्ला कमिटी , जन सङ्गठनका पदाधिकारी लगायत सर्वसाधारणको उल्लेखनीय  रुपमा सहभागी भएका थिए ।
सोमबार बेलुका पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुरुङ्गा नगरपालिका ३ का ६८ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको थियो ।

 


ताजा समाचार
ट्रेंडिंग समाचार