Logo

सप्तरीको विष्णुपुर गाउँपालिकामा ४५ दिने व्यावसायिक तरकारी खेती तालिमको उद्घाटन

Kanchan 24 २४ जेष्ठ २०७९, मंगलवार २०:३३ मा प्रकाशित

२४ जेठ, कञ्चनरूप ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम् आसमान नेपालको अनुवाई तथा दलित सरोकार मञ्चको आयोजनामा सञ्चालित ४५ दिने व्यावसायिक तरकारी खेती तालिमको उद्घाटन भएको छ ।
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले वडा नम्बर ६ स्थित गोरगामामा मंगलबार महिलाहरूका लागि सञ्चालित ४५ दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम उद्घाटन गरेका हुन ।
यादवले दलित महिला एवम् विपन्न कृषकहरूका लागि आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गर्ने बताएका छन् ।
अध्यक्ष यादवले सीमान्तकृत तथा मुसहर एवम् दलित महिला समुहको लागि वडा कार्यालय, नगरपालिकास्तरीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारबाट समेत सहयोगका पहल गर्ने बताए ।
उनले सीमान्तकृत महिलाहरूको आयस्तर उकास्न तरकारी खेती सम्बन्धी तालिम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे । विष्णुपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष परमानन्द यादवले तरकारी खेती एवम् सीपमूलक तालिमबाट महिला कृषकहरूका लागि वडा कार्यालयबाट सहयोग गर्न तत्पर रहेको बताए ।
दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले तरकारी उत्पादन गर्ने सीपले आर्थिक आर्जन गरी घर परिवार चलाउन तथा बालबालिकाहरूका लागि शिक्षामा सहयोग पुग्ने बताए । उनले तालिममा सहभागी महिलाहरूद्वारा उत्पादित तरकारीका लागि योजनाबद्ध तरिकाले बजारको पहुँचका पढाउने बताए ।
सीमान्तकृत समुदायको आर्थिक तथा समाजिक सबलीकरण गर्ने उद्देश्यले सञ्चालित तालिममा स्थानीय लक्ष्मी कृषक महिला समुहका १५ जनाको सहभागिता रहेको दलित सरोकार मञ्च नेपाल सप्तरीका सुनसान सहजकर्ता पुनम देवी सरदारले जानकारी दिइन् ।


ताजा समाचार
ट्रेंडिंग समाचार