Logo

डाक्नेश्वरी नगरपालिका राजनीति दलको भर्तीकेन्द्र बन्दै 

Kanchan 24 ३१ जेष्ठ २०७९, मंगलवार १९:३६ मा प्रकाशित

विरेन्द्र साह
राजविराज ३१ जेठ ।
सप्तरी डाक्नेश्वरी नगरपालिका राजनीति दलको भर्तीकेन्द्र बनेको छ । नगरपालिकामा दरबन्दी कायम रहेपनि स्थाई कर्मचारी राखन मानेन  त्यसको ज्वलन्त उदाहरण हो स्वास्थ्य शाखामा कार्यरत कर्मचारी अमेन्द्र साह ।
अघिल्लो स्थानीय सरकारले गरेको निर्णय वर्तमान सरकारले हाजिरी नगराउँदा उनी समस्यामा परेको हो । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर साह लहेरा र नगर प्रमुख शिवनारायण साहले नगरपालिकाबाट सहमति दिएको थियो । नगरपालिकाले २०७८ /८/२४ मा सहमति दिएको पात्र मन्त्रालयमा पठाएको थियो , नगरपालिकाबाट सहमति पत्र दिएपछि उनी रमाना लिएर हाजिरी गराए पाउ भनेर निवेदन दिए । डाकनेश्वरी नगरपालिकामा निवेदन सहित, रमाना, सहमति र स्वास्थ्य मन्त्रालयको पत्र लिएर निमित्त प्रमुख प्रशासकीय अधिकृत राम विलास यादवले २०७९ जेठ ९ गते स्वास्थ्य शाखा संयोजक शिवशङ्कर ठाकुरलाई दरबन्दी हेरेर राखन तोक लगाए तर नवनिर्वाचित नगर प्रमुख रामलखन मलाहाले अघिल्लो सरकारको कुनैपनि निर्णय यहाँ कार्यन्वयन नहुने बताएपछि उनी अपसोच परे । हाम्रो नगरपालिकामा ९ जनाको दरबन्दी छ ,थप एक जना राख्दाकहाँबाट तलब खुवाउने उनले भने । बरु थप कर्मचारी राख्नै परे हामीले करारमा राख्छौं  तर अघिल्लो सरकारको पालामा राखिएको करार वा स्थाई कर्मचारीलाई दिएको सहमति हामीले  कार्यान्वयन गर्दैनौ उनले प्रतिक्रिया दिए ।
यता हाजिर हुन आएका कर्मचारी अमेन्द्र साहले आफूसँग ५० हजार घुस दिने भए हाजिर गराइदिने निमित्त प्रमुख प्रशासकीय प्रमुख  राम किसुन यादव र स्वस्थ संयोजक  शिवशङ्कर ठाकुरले मागेको आरोप लगाए । उनले भने म जेठ ९ गते हाजिर गरि पाउ भनेर निवेदन दिए तर हाकिम सरले जेठ २६ गते भेट्न आउँदा हाकाहाकी नगरपालिकामा ५० हजार बुझाउने भए राखिने अन्यथा फिर्ता पठाउने बताएपछि उनी छक्क परे । लोकसेवाबाट स्थाई भएर आएको कर्मचारी यदि स्थानीय निकायमा घूसबिना हाजिर नहुने नपाउने रहेछ भने यहाँ घुस कतिसम्म हुँदा रहेछ तपाईं  स्वयम् अनुमान लगाउन सक्नुहुनेछ । म कुनै पनि हालतमा नगरपालिकामा रकम जम्मा नगर्ने प्रतिक्रिया दिएपछि जेठ ३० मा सम्बन्धित मन्त्रालय फिर्ता पठाएको पत्र आफूलाई दिएको जानकारी दिए ।
यता निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले हामीले कसैसँग घुस नमागेको तर सम्बन्धित कर्मचारीको स्वागतसत्कार गर्न लाग्ने खर्च मागेको प्रतिक्रिया दिए । 


ताजा समाचार
ट्रेंडिंग समाचार