Logo

कल्याणपुरको पोल्ट्री फार्ममा लगाईको ताला एक साता पछि खुल्यो 

Kanchan 24 ३ असार २०७९, शुक्रबार १५:१७ मा प्रकाशित

विरेन्द्र साह
कल्याणपुर ,सप्तरी ३ जेठ ।
सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्री फार्म कुखुरा फर्मको तालाबन्दी एक साताको लागि खुलेको छ ।
खडक नगरपालिकामा शुक्रबार बसेको त्रिपक्षीय बैठकले दुईबुँदे सहमति गर्दै ताला खोलिएको हो ।
स्थानीयले कुखुरा फर्मबाट निस्केको दुर्गन्धले बस्न असजिलो भएपछि उनीहरू जेठ २१ मा तालाबन्दी गरेका थिए । शुक्रबार भएको सहमति अनुसार अहिले तयारी अवस्थामा रहेको कुखुरा , अण्डा बेचिसक्ने र दाना ल्याउन पाइनेछ । त्यसैगरी हाललाई नयाँ चल्ला ल्याउन नपाइने सहमति भएको छ । सहमति अनुसार स्थानीयले उठाएको माग जेठ १२ गते पुनः बैठक बसेर फोहरमैलाको उचित व्यवस्थापन गरिने गरि बैठक सहेको हो । अगामि बैठकमा कुखुरा फर्मका सहचालकहरू अनिवार्य आउनुपर्ने  र स्थानीयवासीले  वर्षदेखि भोग्दैआएका समस्या पुन नदोहरिने गरि ठोसरूपमा व्यवस्थापन गरिने खडक नगरपालिका उपमेयर रिता कुमारी चौधरीले जानकारी दिए ।
पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले गत जेठ २१ गतेदेखि मूलगेटमा तालाबन्दी गरेका थिए ।
स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका थिए ।
जिल्लाकै ठूलो उक्त पोल्ट्रीमा तालाबन्दीपछि कुखुरा मर्नुका साथै अण्डा सङ्कलन कार्यसमेत ठप्प भएको थियो। दैनिक करिब रु  १२ लाखभन्दा बढीको घाटा भइरहेको उद्योगका प्रबन्धक टुरदेव अधिकारीले जानकारी दिएका थिए। बजार पठाउने काम ठप्प थियो ।
बस्तीमा दुर्गन्ध फैलिएकाले तालाबन्दी गरिएको स्थानीय श्रवण चौधरीले बताए । “फोहरमैलाका कारण दुर्गन्ध फैलिएको छ, हामी नाक थुनेर बस्नुपर्ने अवस्था छ ।”
“दाना खुवाउन नसक्दा धमाधम कुखुरा मर्न थालेका छन्”, उनले भने, “तीन दिनमा करिब एक हजारभन्दा बढी कुखुरा मरेका छन् ।” पोल्ट्रीमा एक लाख २५ हजार कुखुरा रहेका थिए । दाना खुवाउन नसक्दा कुखुरा मर्न थाले पनि टुलुटुलु हेर्नु बाहेक केही गर्न सक्ने अवस्था नरहेको अधिकारीले दुःखेसो पोखेका थिए ।
वि सं २०५७ मा स्थापना भएको सो पोल्ट्रीमा यसअघि दैनिक करिब ८० हजार अण्डा उत्पादन हुँदै आएको थियो । अधिकारीले भने, “तालाबन्दी भएकाले अहिले अण्डा उत्पादन १०र१५ हजारमा झरेको थियो ।
बैठकमा खडक नगरपालिकाका  उपमेयर रिता कुमारी चौधरी, पोलट्रिफर्मका म्यानेजर टुरि अधिकारी, राजनीति दलका प्रतिनिधि  र स्थानीय बासिन्दाको सहभागिता थियो ।


ताजा समाचार
ट्रेंडिंग समाचार