Logo

रक्तदान गरेर सप्तरीका प्रहरी उपरीक्षक मनाए जन्म दिन

Kanchan 24 ४ असार २०७९, शनिबार १८:४९ मा प्रकाशित

 अम्बिका दहाल
राजविराज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले आफ्नो जन्म दिनको दिनको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्नुभएको छ ।
प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जन्म दिनको अवसर पारेर सप्तरीमा 
विपतमा रगतको समस्या देखेकोले आफूले यस पटको जन्मा दिनमा  रक्तदान कार्यक्रम गरको उल्लेख गरेका छन ।
रगतको कमी रहेको बेला यो रक्तदानको  अझ महत्त्व रहेको र रक्तदानले अरुलाई नयाँ जीवन दिने भएकोले आफ्नो जन्म दिनको दिन यो कार्यक्रम को आयोजना गरेको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन ।
पत्रकार महासंघ शाखा सप्तरीकी उपाध्यक्ष अम्बिका दहाल नेपाली सेनाका  कर्णेल दुर्गा थापा  , सप्तरी
उद्योग  वाणिज्य संघका अध्यक्ष लालु अग्रवाल , नागरिक समाजका संयोजन थानसिंह भन्साली ,रेडक्रस सप्तरीका अध्यक्ष जोगिन्दर भगत डा. मुरली प्रसाद सिंह , व्यवसायी शंकर शारदा सहितको उपस्थिति थियो भने रक्तदान ३४ जनाले गरेका थिए ।
प्रमुख  जिल्ला अधिकारी जनार्दन गौतमले ब्यानर पढेर कार्यक्रमको  उद्घाटन गरेका थिए।


ताजा समाचार
ट्रेंडिंग समाचार