Logo

सप्तरीमा छुट्टा छुट्टै घटनामा परि दुई जनाको मृत्यु

Kanchan 24 ६ असार २०७९, सोमबार १८:५५ मा प्रकाशित

६ असार, राजविराज ।
सप्तरीमा छुट्टा छुट्टै घटनामा परि  ३० वर्षीय महिला र ५ वर्षीय बालकको जनाको ज्यान गएको छ ।
मोटर चलाएर लुगा धुने क्रममा सोमवार राजविराज नगरपालिका –९ विहारपुरकी ३० वर्षीया रुमी खातुनको करेन्ट लागेर मृत्यु भएको हो ।
उपचारको क्रममा दिउँसो साढे १२ बजे खातुनको मृत्यु भएको सप्तरी प्रहरीले
जनाएको छ ।करेन्ट लागे पछि खातुनलाई उपचारको लागी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो ।
त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका –६ मधेपुरामा आइतबार जमेको पानीको डुबेर राजकुमार मण्डलको छोरा ५ वर्षीय विशाल भन्ने विजयकुमार मण्डलको मृत्यु भएको प्रहरीले
जनाएको छ ।
बालक घरदेखि करिब १ सय मिटरको दूरीमा रहेको कल्भर्टको पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।   घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


ताजा समाचार
ट्रेंडिंग समाचार