Logo

लहानमा लागूऔषधसहित तीन जना पक्राउ

Kanchan 24 ६ असार २०७९, सोमबार १९:२० मा प्रकाशित

६ असार, लहान ।
सिरहाको लाहानबाट लागूऔषध र ४३ हजार ५ सय रुपैयाँ नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
लहान नगरपालिका ७ बस्ने १८ वर्षका गौतम ठाकुर, भारत मधुवनी जिल्ला, पञ्चायत राजनगर थाना फेरण श्रीपट्टी घर भई लहान बस्ने २१ वर्षीय मोहमद अख्तर र मधुवनीकै ग्राम पञ्चायत खरियोग थाना पिप्राहीका २७ वर्षीय धर्मेन्द्रकुमार ठाकुर पक्राउ परेका लहान प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा आइतबार मध्यरात प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लहान ८ स्थित मोहमद अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान १ स्थित दयाराम ठाकुरको घरमा खानतलासी गर्दा पसल र घरबाट लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले फेनारगनडाइजिल्यावव्युप्रिनोर्फिन गरी २४ सय १५ एम्पुल, नाइट्रोभेट ४८० र स्पामोप्राक्सिभिन ४३२ ट्याबलेटका साथै डाइलेक्स डिसी नामक लागूऔषध ४३९ बोतल बरामद गरिएको जनाएको छ । उनीहरूबाट ज१प ४७५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीको भनाइ छ । हिटा बाट


ताजा समाचार
ट्रेंडिंग समाचार