Logo

कोशी ब्यारेज र कंकालिनी मन्दिर सडक खण्डमा बस दुर्घटना  एकको मृत्यु ,११ जना घाइते

Kanchan 24 ९ असार २०७९, बिहीबार १३:०९ मा प्रकाशित

९ असार, कञ्चनरूप ।

सप्तरीको कोशी ब्यारेज र कंकालिनी मन्दिर बिच पूर्व पश्चिम राजमार्गमा यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा  बिहीबार बिहान पूर्व बाट पश्चिमजाँदै गरेको ना।. ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडक भन्दा २० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा पहिचान खुल्न नसकेकी अन्दाजी ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
बसमा सबार रहेका ११ जना घाइते भएका छन् ।
विराटनगरबाट कटारीका लागि हिँडेको सो बस दुर्घटनामा बसका सहचालक झापाको मेची नगरपालिकाका ३८ वर्षीय पदम बहादुर राई, सुनसरीको इनरुवा नगरपालिका –१ की ३० वर्षीया रिकुं कुमारी यादव, सोही ठाउँका ३३ वर्षीय रविन खड्गा, बराहक्षेत्र नगरपालिका–५ का १८ वर्षीय निर्मल दाहाल घाइते भएका छन् ।
यसैगरी  सप्तरीको कञ्चनरूप नगरपालिका –३ का १८ वर्षीय आलोक कुमार सेख, वडा नम्वर ८ का १७ को विवेककुमार साह, २ की २० वर्षीया अस्मना खातुन घाइते भएका छन् । मोरङको विराटनगर उपमहानगरपालिका –१३ की ३३ वर्षीया प्रमिला राई घाइते भएका छन् ।
त्यस्तै, दुर्घटनामा परेर उदयपुरको कटारी नगरपालिका –३ का ७० वर्षीय मान बहादुर तामाङ, उनकी श्रीमती ६९ वर्षीया विष्णु कुमारी तामाङ र सोही जिल्ला चौदण्डीगढी नगरपालिका –६ का ४० वर्षीय सिताराम रसाइली घाइते भएका छन् ।
घाइतेमध्ये मान बहादुर तामाङ दम्पती, आलोक र पदमबहादुरको अवस्था गम्भीर रहेको सप्तरी प्रहरीले जनाएको छ । 

 

 

 


ताजा समाचार
ट्रेंडिंग समाचार