Logo

सप्तरी जिल्ला समवन्य समितिको ९ पदका लागि २० जनाको उम्मेदवारी
प्रमुखमा ३ जना उपप्रमुखमा २ जना उम्मेदवारी दर्ता

Kanchan 24 ९ असार २०७९, बिहीबार १९:५७ मा प्रकाशित

९ असार ,राजविराज, ।
सप्तरी जिल्ला समवन्य समितिको असार १२ हुने मतदानमा ९ पदका लागि २० जनाको उम्मेदवारी परेको छ ।
प्रमुखमा ३ जना र उपप्रमुखमा ३ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ ।
जनता समाजवादी पार्टीबाट छेदी अरगरिया यादव र नेपाली काङ्ग्रेसबाट शिव नारायण साह र गुञ्जेश्वर प्रसाद संतले प्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् ।
प्रमुखमा नेपाली काङ्ग्रेसको टिकटबाट २ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जनाएका छन । दुबैले पार्टीको टिकटबाटै मनोनयन दर्ता गराएको हुनाले  पार्टीबाट जसलाई अधिकारिकता प्रदान हुन्छ उसैको उम्मेदवारी कायम रहने  अधिकृत ज्ञवालीले बताएका छन ।
यसैगरी उपप्रमुखमा नेकपा एमालेबाट देवकान्त चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट शम्भु कुमार यादवले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ । यसैगरी खुल्ला सदस्य ३ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीबाट अबधेश मुखिया, माओवादी केन्द्रबाट गुल्टेन यादव, नेपाली काङ्ग्रेसबाट जागेश्वर यादव, एमालेबाट जानुद्दिन मियाँ चुरौटे, रविन्द्र नाथ चौधरी, जनमतबाट बुद्धिलाल चौधरी र लोकतान्त्रिक समाजवादीबाट सत्यनारायण मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै महिलातर्फ ३ पदको लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट आशा कुमारी तामाङ, आशा देवी झा, जनमतबाट धनवती देवी सरदार, नेपाली काङ्ग्रेसबाट रञ्जिता कुमारी चौधरी, नेकपा एमालेबाट बैजनाथ देवी थरुनी र एकीकृत समाजवादीबाट सविता कुमारी साहले उम्मेदवारी दिएकी छन् । दलित अल्पसङ्ख्यकतर्फ १ पदका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । जसपाबाट बलदेव सरदार र एकीकृत समाजवादीबाट बौरही भगतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।
जिल्ला समवन्य समिति सप्तरीको मतदान असार १२ गते हुँदैछ । ९ पदका लागि २० जनाको उम्मेदवारी परेको छ । जिल्ला समवन्य समिति सप्तरीको निर्वाचनमा ३६ जना मतादाता रहेका छन् । जसमा नेपाली काँग्रेस १२, जसपा ८ लोसपा ५ एमाले ४ जनमत २ माओवादी २ र एस २ जना छन् ।
प्रमुखमा नेपाली काङ्ग्रेसको टिकटबाट २ जनाले मनोनयन दर्ता गराएको उनले जानकारी दिए । दुबै जनाले पार्टीको टिकटबाटै मनोनयन दर्ता गराएका छन्, मुख्य निर्वाचन अधिकृत ज्ञवालीले भने, पार्टीेले जसलाई अधिकारिकता दिन्छ उ नै उम्मेदवार हुनेछ ।


ताजा समाचार
ट्रेंडिंग समाचार