Logo

त्रि.वि. कर्मचारी संघको केन्द्रिय सदस्यमा रवि रायको उम्मेदवारी

                     
Logo ९ असार २०७९, बिहीबार २०:१२    

 ९ असार राजबिराज ।

यही असार १० गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचनमा महेन्द्र बिन्देश्वरी बहुमुखी  क्याम्पस, राजबिराजका कर्मचारी नेता रवि रायले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । प्रजातान्त्रिक – वाम लोकतान्त्रिक कर्मचारी समूहको चुनाव चिन्ह कलशबाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।

सफल र कुशल कर्मचारी नेताका छवि बनाएका उनले त्रि.वि. एकीकृत कर्मचारी सङ्गठनका सदस्यको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् ।

प्रजातान्त्रिक –वाम लोकतान्त्रिक कर्मचारी समूहबाट अध्यक्ष पदका उम्मेदवार पुण्यप्रसाद आचार्य नेतृत्वको समूहबाट सदस्यमा उम्मेदवारी दिएका उनी सर्वाधिक लोकप्रिय कर्मचारी नेताका रुपमा समेत देखिएको छ ।

संस्थागत सुधार एवम् पेशागत हकहित र मर्यादाका लागि सहमति, सहकार्य, सहअस्तित्व र वृत्ति विकासका लागि हाम्रो अभियान भन्ने नारा लिएर आफू र आफ्नो समूहको निर्वाचन अभियानको सिलसिलामा उनी मधेस प्रदेश र प्रदेश १ मा रहेका विभिन्न क्याम्पसहरूमा निर्वाचन प्रचारप्रसार र मत माग्दै पुगिरहेका छन् । उनको यस अभियानमा सदस्य पदका उम्मेदवार क्षे.नि.क. विराटनगरका शंकर दाहाल, उपाध्यक्ष पदका उम्मेदवार राराब क्याम्पस जनकपुरका सुरेन्द्र यादव, सदस्य पदका उम्मेदवार ससुमोया बहुमुखी क्याम्पस सिराहाका प्रदीप यादव र उपाध्यक्ष पदका उम्मेदवार पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका भद्र बहादुर तामाङ सहितका कर्मचारी नेताहरूको संलग्न रहेको छ ।

उच्च शिक्षाको विरासत बोकेको देशकै जेठो विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूको आधिकारिक र साझा छाता संगठनको हुन गइरहेको निर्वाचनमा निरन्तर कर्मचारीको पेशागत हकहित र शिक्षाको गुणस्तर वृद्धिका लागि जिम्मेवारीपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्दै आफ्नो कुशल नेतृत्वपना र कार्यक्षमता देखाइसकेका उनी केन्द्रीय पदाधिकारीको उम्मेदवारी दिनेमा प्रदेश १ कै एक्लो रहेका छन् । समन्वयकारी नेतृत्वशैली, मिलनसार, लोकप्रियता र कार्यक्षमताका कारण उनको जित सुनिश्चित भएको कर्मचारीहरू बताउँछन् ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य गरी २५ सदस्यीय त्रिवि कर्मचारी संघको केन्द्रीय कार्यसमितिको निर्वाचन हुन लागेको हो । 


लोकप्रिय छुटाउनुभयो कि ?