Logo

सप्तरीको खडक नगरपालिकाले नगर सभाले ८३ करोड ५८ लाख ४१ हजारको बजेट बिनियोजन 

Kanchan 24 १० असार २०७९, शुक्रबार १९:०८ मा प्रकाशित

विरेन्द्र साह
१०, असार , राजविराज
सप्तरीको खडक नगरपालिकाले ११औं नगर सभा बहुमतले पारित भएको छ । शुक्रबार नगरपालिकाले आयोजना गरे नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा नगरपालिका उप मेयर रिता कुमारी चौधरीले  बजेट प्रस्तुत गदै आगामी बजेटमा  ८३ करोड ५८ लाख ४१ हजारको बजेट बिनियोजन गरेको हो । नगरसभाले आन्तरिक आय तर्फ १ करोड ४० लाख, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण तर्फ १५ करोड १ लाख, सर्शत अनुदान तर्फ २७ करोड ६२ लाख, राजश्व बाडँफाँड तर्फ ११ करोड ४८ लाख ७९ हजार रहेको छ । यसैगरी प्रदेश सरकार वित्तीय समानीकरण ९१ लाख ६२ हजार र सवारी साधन करबाट ७० लाख ,संघीय सरकारबाट विशेष अनुदान १ करोड ,समपूरक अनुदानबाट १ करोड ७५ लाख बजेटमा रहेको छ । यसैगरी प्रदेश सरकार विशेष अनुदान तर्फ ३० लाख र समपूरक अनुदानतर्फ २० लाख प्रदेशबाट प्राप्त हुने अनुमान गरेको हो । 


खडक नगरपालिकाको ११अ‍ौ नगर सभाले एक वडा एक नमुना विद्यालय छनोट गरि एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिनेछ । सामुदायिक विद्यालयमा निशुल्क पोशाक ,गर्भवती महिलालाई निशुल्क भिडियो एक्सरे  र विद्यालय र स्वास्थ्य केन्द्रमा सिसि क्यामरा जडान गरि नगरपालिकाबाट निगरानी गरिने त्यसैगरी नगरपालिकामा प्रांगारिक मल उद्योग खोल्ने यश वर्ष मुख्य  आर्कषण परेको छ । नगरसभामा नगर प्रमुख जयप्रकाश चौधरीले बजेट बारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेट बारे वडा अध्यक्षहरूले टिप्पणी गरेका थिए ।   


ताजा समाचार
ट्रेंडिंग समाचार