Logo

भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा कृषि पत्रकारिता अभिमुखीकरण कार्यक्रम

                     
Logo १९ असार २०७९, आईतवार १८:३८    

अम्बिका दहाल

१९ असार, बर्दिवास

मधेश प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले गैर किसानहरूले किसानका नाममा फाइदा दिएरहेका छन त्यस्ता विषयहरूलाई समाचारमा ल्याउन पत्रकारहरू समक्ष आग्रह गरेकी छन ।

भूमि  ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुरधामद्वारा बर्दिबासमा आइतबार आयोजित कृषि पत्रकारिता सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम उद्घाटनलाई सम्बोधन गर्दै उनले यस्तो बताए दिएकी हुन् ।

कृषि पत्रकारिता सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै डा. सिंहले  किसानको लागी सकारात्मक सन्देश दिने खालका समाचारहरू  ल्याउन र नकारात्मक प्रभाव पार्ने समाचारलाई निरुत्साहित गर्न सहभागी पत्रकारहरूलाई आग्रह गरिन् ।

पत्रकारहरूलाई कृषिमा आधारित योजनाबारे जानकारी गराउने उद्देश्यले भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुरधाम अभिभुखिकरण कार्यक्रमको आयोजना गरको हो ।  मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख ललन कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि क्षेत्रमा आधारित कृषि पत्रकारिता सम्बन्धी अतिआवश्यक जानकारी गराएका थिए ।

प्रशोधक मिडिया जनकपुरधामको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा मधेश मधेशका ८ वटै जिल्लाका बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो  ।


लोकप्रिय छुटाउनुभयो कि ?