Logo

नेपाल शिक्षक सङ्घ कञ्चनरूपको अध्यक्षमा प्रमोद कुमार यादव चयन

                     
Logo १९ असार २०७९, आईतवार १९:४०    

१९ असार ,कञ्चनरूप ।

नेपाल शिक्षक सङ्घ कञ्चनरूपको  नगरपालिकाको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

नगर अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा भएको अधिवेशनले प्रमोद कुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बौद्ध कृष्णलाल कर्ण ,तारा कटुवाल , सचिव श्याम कुमार यादव, अर्थ सचिव प्रकाश कुमार साह ,सहसचिव रामकृष्ण यादव ,अर्थ सहसचिव निर्मला भट्टराई समावेशी सहसचिव दुर्गा कुमारी चौधरी  सहित २० सदस्यीय नगर कमिटी गठन गरिएको शिक्षक सङ्घ कञ्चनरूपले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कञ्चनरूप नगरपालिका प्रमुख एवम् नेपाली कांग्रेस क्षेत्रीय सभापति ललन प्रसाद गुप्ता रहनुभएको थियो भने विशिष्ट अतिथि कञ्चनरूप नगरपालिका उप प्रमुख मुना कुमारी पोखरेल लगायत नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूको उपस्थित थियो ।  


लोकप्रिय छुटाउनुभयो कि ?