Logo

राजविराज विमानस्थलको इतिहास माथि नै भ्रष्टाचार 

                     
Logo २५ असार २०७९, शनिबार १८:०५    

२५ असार कञ्चनरूप ।

भ्रष्टाचार भनेको त कुनै पनि व्यक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापहरू लाई भ्रष्टाचार भनिन्छ । तर सप्तरीमा त इतिहास माथि नै भ्रष्टाचार भएको छ ।

वि.सं. २०१६ सालमा स्थापना भएको राजविराज विमानस्थलको इतिहास लत्याउदै २०५५ लेखिएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादवले बि.स .२०१६ सालमा स्थापना भएको राजविराज विमानस्थलको इतिहास लाई बदलेर २०५५ साल लेखिनु इतिहास माथिको आपत्ति  जनाउदै इतिहास माथिको हमला भन्दै यसको प्रतिवाद गर्न आग्रह गरेका छन । यति खेर सप्तरीमा यस विषयमा समाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

२०१६ सालमा स्व. गणेशमान सिंह यातायात मन्त्री  भएको बेलामा राजविराज विमानस्थल स्थापना भएको इतिहास जीवितै छ । 

 


लोकप्रिय छुटाउनुभयो कि ?