Logo

कञ्चनरूपमा  विश्व स्तनपान सप्ताह दिवस मनाइयो

                     
Logo १६ श्रावण २०७९, सोमबार १७:४१    

१६ श्रावण ,कञ्चनरूप

कञ्चनरूप नगरपालिका वडा नं. ५  स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा विश्व स्तनपान सप्ताह दिवस मनाइएको छ ।

स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ मूल नाराका साथ विश्व स्तनपान दिवस मनाइएको हो । कञ्चनरूप नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कैलाशकुमार साहको अध्यक्षतामा भएको स्तनपान सप्ताह कार्यक्रममा बच्चालाई कसरी दूध खुलाउने जन्मेको एक घन्टा भित्र आमाको बिगौती दूध चुसाउनु पर्ने, बच्चालाई आमाको दूध पर्याप्त मात्रामा पुगेन पुगेमा हेरफेर गर्नु पर्ने विषयमा जानकारी गराइएको थियो । स्वास्थ्य चौकी पिप्रा पूर्वका  स्वास्थ्य निरीक्षक राजेन्द्र प्रसाद साहले सुनौला हजार दिनका आमाहरूले विशेषत पोषणमा ध्यान दिनु पर्ने, बच्चालाई बालभिटा खुवाउनु पर्ने जस्ता कुराहरूको बारेमा जानकारी गराएका थिए ।

स्तनपान सप्ताह समापन कार्यक्रममा कञ्चनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले ६ महिना सम्म आमाको दूध मात्र खुवाउनु पर्ने भएकोले आमाले पोषिलो खानेकुरा खानुपर्ने बताउँदै स्वास्थ्य संस्थामा नआएर बाहिर जानु गलत रहेको र औषधी गर्न तथा गर्भवती चेकजाँच गर्नको लागि स्वास्थ्य संस्था सम्म आउनको लागि सहभागीहरूलाई आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा हेल्लो सिस्टरकी ( फोकल पर्सन) जिवछ कुमारी चौधरी पोषण प्रवर्द्घन तथा परामर्श सेवाकी किशा श्रेष्ठ लगायत स्वास्थ्य स्वयम् सेविका र २ वर्ष मुनीका बच्चाका आमाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखाका उप प्रमुख डम्बर प्रसाद गुप्ताले गरेका थिए भने पोषण प्रवर्द्घन तथा परामर्श सेवाको सहयोगमा विश्व स्तनपान सप्ताह दिवस मनाइएको थियो ।

विश्व स्तनपान सप्ताह दिवस हरेक वर्ष साउन १६ देखी २३ गते सम्म अर्थात अगस्ट १ देखी ७ सम्म मनाइन्छ । 


लोकप्रिय छुटाउनुभयो कि ?