Logo

कोसी पश्चिम धकेलिँदा कञ्चनरूपका केही वडाहरूमा क्षतिपुग्ने ,सतर्क रहन आग्रह :कञ्चनरूप नगरप्रमुख

                     
Logo १८ श्रावण २०७९, बुधबार ११:१५    

१८ साउन, कञ्चनरूप ।

अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको सप्तकोसी नदीको बाँध फुटेर बेलका नगरपालिका– २, ३, ८, ९ डुबान तथा कटानमा परे पछि ,सप्तरीको कञ्चनरूपका केही वडाहरू प्रभावित हुने भन्दै कञ्चनरूप नगरपालिका प्रमुखले वडा, १,२,४,५ र ६ का वासिन्दालाई सतर्क रहन आग्रह गरेका छन ।

नगर प्रमुख ललन प्रसाद गुप्ताले कञ्चनरूप नगरपालिकाका वडा नं १,२,४,५ र ६ पनि उच्च जोखिम मा रहेको हुँदा ,कृपया नदी नियन्त्रण मा न आउन जेल सम्म सम्पूर्ण नगरवासी, लाई कोशी बाँध (टप्पु) जाने , गाई, भैंसी, बाख्रा, आदि लिएर चढाउने, माछा मार्ने, जस्ता क्रियाकलापहरू बन्द गर्न आग्रह गरेका छन ।

नगर प्रमुख गुप्ताले समाजिक सञ्जालमा पोष्ट गर्दे कोशी अनियन्त्रित भई आफ्नो बाटो बदलिरहेको हुँदा सम्पूर्ण नगरवासी आ आफ्नो गाई वस्तु, धन माल सुरक्षित, र आफू सुरक्षित बस्न कोशी तटबन्ध क्षेत्रमा तत्काल न जान आग्रह गरेका छन ।

उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेर बुधवार बिहान ४ बजेतिर उदयपुरको बेलका नगरपालिका– २, ३, ८, ९ डुबानमा परेका छन् । अहिले करिब २० मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ ।कोसीको मूल बहाव नै पश्चिम धकेलिँदै गरेको कोसी छिर्दा बेलका नगरपालिकाका १ हजार ७ सय परिवारका २० हजारभन्दा बढीको बसोबास जोखिममा परेका छन । अहिलेको अवस्थामा धारै परिरवर्तन हुँदा  सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने बताइन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?