Logo

संसदीय विकास कोषबाट निर्मित भवनको उद्घाटन

                     
Logo १९ श्रावण २०७९, बिहीबार १९:०४    

१९ साउन, कल्याणपुर ।

मसीलाल जनता माध्यमिक विद्यालय कुशहा सुरुङ्गा ५ मा नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।

संसदीय विकास कोष  तथा जन श्रमदानबाट निर्मित भवन प्रदेश सभा सदस्य सांसद गोविन्द न्यौपानेले एक कार्यक्रमका बिच भवन उद्घाटन गरेका हुन।

संसदीय विकास कोषको १६ लाख ४५ हजार २५ रुपैयाँ तथा जन श्रमदान १ लाख ८२ हजार ७ सय ८० रुपैयाँको लागतमा अधुरो तीन कोठे विद्यालय भवन निर्माण भइको थियो ।

यस अघि साउन १७ गते प्रदेश सभा सांसद न्यौपानेले संसदीय विकास कोष रु १० लाखको लागतमा खड्ग नगरपालिका वडा नंं १० इनर्वा फूलवडिया छोटकी राम टोलमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गरेका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?