Logo

कञ्चनरूपमा युवामैत्री स्थानीय शासन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

                     
Logo २२ श्रावण २०७९, आईतवार २०:३७    

२२ साउन , कञ्चनरूप।

सप्तरीको कञ्चनरूप नगरपालिकामा युवामैत्री स्थानीय शासन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम आज आइतबार देखि सुरु भएको छ ।

कञ्चनरूप वडा नं. ११ स्थित एलिफेन्ट रिसोर्टमा तीन दिनसम्म चल्ने तालिममा युवामैत्री स्थानीय शासन प्रवर्द्धनका लागि कञ्चनरूप भित्रका विभिन्न क्षेत्रमा आबद्ध ४० जनालाई युवामैत्री स्थानीय शासन स्थापित गर्न गर्नुपर्ने विभिन्न सूचक तथा युवाहरूको भूमिकाका बारेमा जानकारी प्रदान गरिनेछ ।

साउन २२ देखि २४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका युवा तथा सरोकारवालाहरूको सहभागितामा ३ दिने युवामैत्री स्थानीय शासन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम  वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू, खेलकुद विकास समितिका प्रतिनिधि, जिल्ला युवा समितिका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, युवा संघसंस्था, विभिन्न अभियानका प्रतिनिधिहरू, बाल क्लब सदस्य, बालमैत्री अभियानकर्मी, कृषक युवा उद्यमी, युवा स्वयंसेवक तथा युवामैत्री स्थानीय शासन अभियानकर्मीहरू गरि ३० जनाको सहभागिता रहेको छ ।

नमुना परियोजना अन्तरगत युवामैत्री स्थानीय शासन कार्यक्रम देशको सात प्रदेशका एकएक वटा स्थानीय तहमा लागू गरिएकोमा मधेश प्रदेशको सप्तरीको कञ्चनरूप नगरपालिका पहिलो प्राथमिकतामा परेकोछ  छ । कार्यक्रमको पहिलो चरण अन्तरगत नगरभित्रका स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी , विभिन्न क्षेत्रमा काम गर्दै आएका युवाहरू र प्रमुख सरोकारवालाहरूलाई युवामैत्री स्थानीय शासनका सम्बन्धमा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो ।

कार्यक्रमको कञ्चनरूप नगरपालिका प्रमुख ललन प्रसाद गुप्ताले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा , निमित्त प्रमुख प्रशासकीय अधिकृत देवाकान्त चौधरी , स्वास्या शाखाका जनस्वास्थ्य अधिकृत राम सेवका यदव, डम्वर गुप्ता कञ्चनरूपका वडा नं. ९ का अध्यक्ष रामसुन्दर यादव , शिक्षा शाखा संयोजक ललित यादव , बालकालिका तथा महिला शाखाकी प्रमुख शुसिला चौधरी । भावना घिमिरे लगायतको आतिथ्यता रहको थियो ।

युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै राष्ट्रिय युवा परिषद् , जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपी र युनिसेफ नेपालले संयुक्त रुपमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रूप दिन साझेदारी गरिरहेका छन् । यस अन्तर्गत विभिन्न सरोकारवालाहरूको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन तालिम निर्देशिका तयार गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?