Logo

खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास

                     
Logo २३ श्रावण २०७९, सोमबार १८:००    

२३ साउन ,राजविराज ।

सप्तरी खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि सोमवार एक कार्यक्रम बिच शिलान्यास गरिएको छ ।

खडक  नगरपालिकाको वडा न ८ भदियामा उक्त अस्पताल निर्माण हुने भएको हो । ११ वटा वडा रहेको खडक नगरपालिकामा अस्पताल शिलान्यास भएपछि स्थानीयमा खुसियाली छाएको छ । खडक नगरपालिका कार्यपालिकाको कार्यालय कल्याणपुर सप्तरी र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँ बीच २०७९ असार १५ मा सम्झौता भएको थियो ।

अस्पताल निर्माणका लागि ई .बिडिंग मार्फत बोलपत्र आह्वान गरिएकोमा भ्याट सहितको सबै भन्दा कम कबोल अङ्क २१ करोड २९ लाख ४ हजार १ सय ९ रुपैयाँ १ पैसा भएको प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि., सम्झौताका लागि छनोट भएको थियो ।

सम्झौतामा नगर कार्यपालिकाको कार्यालयको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण तथा प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि.का तर्फबाट ध्रुव प्रसाद रिजाल  हस्ताक्षर गरेका थिए ।

अस्पताल शिलान्यास पछि खडक नगरपालिका मेयर जयप्रकाश चौधरीले यश नगरपालिका जनतामा स्वास्थ्य उपचारमा सहजता हुने दावी गरे । हामी विकासका काम गर्दछौँ तर जनताको स्वास्थ्य बनाउन सके मात्र स्वस्थ समाजको कल्पना सार्थक हुने छ । अस्पताल निर्माणको जिम्मेवार पाएका निर्माण कम्पनी समयमा काम सम्पन्न गर्नेमा आफूहरू आशावादी रहेको मेयर चौधरीले जानकारी दिए ।

अस्पतालको भूमिपूजन र शिलान्यास कार्यक्रममा उपमेयर रिता कुमारी चौधरी, प्रमुख प्रसाकिय अधिकृत कुन्दन कर्ण , वडा न ५ अध्यक्ष विजय साह, पूर्व मेयर हेमायु हक लगायत स्थानीय राजनीति दल, समाजसेवी ,मजदुर ,किसान तथा सर्वसाधारण जनताको उत्साहजनक सहभागिता थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?