Logo

मिलोमतोमा योजना स्तान्तरण गरि बजेट दुरुपयोग 

                     
Logo २६ श्रावण २०७९, बिहीबार २१:२६    

राजविराज, २६ साउन  ।

सप्तरीको अग्निसाईर कृष्णा सवरन गाउँपालिकामा एउटा योजनाका लागी विनियोजन गरिएको रकम अर्कै योजनामा स्तान्तरण गरि बजेट दुरुपयोग गरेको आरोप स्थानीयबासीले लगाएका छ्न ।

पालिकाको वडा नम्बर ५ स्थित धिमारमा जनप्रतिनिधि र प्राविधिकको मिलोमतोमा योजना स्तान्तरण गरि बजेट दुरुपयोग गरेको आरोप स्थानीयबासीले लगाएका छ्न । गाउँपालिकाको आर्थिक वर्ष २०७८र०७९ को नीति योजना तथा कार्यक्रममा तोकिएको स्थानमा केही कार्य गरेन, एक स्थानीयले भने, धेरै कमाउने मनसायले जनप्रतिनिधि र प्राविधिकको मिलोमतोमा योजना स्तान्तरण गरि माटो भर्ने काम गरि बजेट झ्याम पारे । वडा अध्यक्ष मियाँ, सबइन्जिनियर साह र उपभोक्ता समितिको मिलोमतोमा ५० प्रतिशत समेत काम नगरी पुरै वजेट निकासा गरि चरम दुरुपयोग गरेको स्थानीयताले बताए ।

वडा अध्यक्ष सवदुल मियाँ र सबइन्जिनियर राजेश साहको मिलोमतोमा योजना स्तान्तरण गरि बजेट दुरुपयोग गरेको स्थानीयले आरोप लगाएका हुन । धिमार स्थित डिहिवार बाबा जानेबाटोमा पुल कल्भर्ट लचका कार्यका लागि गाउँपालिकाले विनियोजन गरिएको १५ लाख रुपैयाँ योजना स्तान्तरण गरि बाटोमा माटो भर्ने कार्य गरि बजेट दुरुपयोग गरेको स्थानीयको आरोप छ ।

हाल स्तान्तरण गरिएको योजना साविक बक्धुवा गाविसको ४ र ५ वडा जाने बाटोमा माटो तथा कलभर्ट निर्माणको कार्य  गरेको उनीहरूले बताए ।  स्तान्तरण गरिएको बाटो निर्माणको कार्य डिहिवार बाबाको मन्दिर जाने नभएको स्थानीयको भनाई छ ।  अग्निसाईर कृष्णा सवरन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सबदुल मियाँले योजना स्तान्तरण गरेको स्वीकार गरे ।

योजना स्तान्तरण गरि बजेट दुरुपयोग गरेकोले छानबिन र संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गराएको स्थानीयले जानकारी दिए ।

तोकिएको स्थानमा विवाद उत्पन गरि काम अवरुद्ध भएपछि प्राविधिकसँग सल्लाह गरेरै काम गरिएको उनले बताए ।  हाल निर्माण गरिएको बाटो पनि डिहिबार वावा सम्म पुग्ने दावी गर्दै उनले नीति योजना तथा कार्यक्रम अनुसार नै काम भएपनि विपक्षीहरूले बदनाम गराउन निराधार आरोप लगाएको बताए । डिहिवार बाबा जाने बाटो पुल कलर्भट लचका कार्य उपभोक्ता समितका अध्यक्ष तारानन्द यादवले इस्टमेट अनुसारको काम सम्पन्न गरि बजेट निकासा गरेको बताए । योजनाको कार्यमा कुनै किसिमको बजेट दुरुपयोग नभएको उनले दावी गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?