Logo

सरकार गठनमा संविधानको खिलाप रहेको राज कुमार लेखीको आरोप  

                     
Logo २६ श्रावण २०७९, बिहीबार २१:५६    

कञ्चनरूप ,२६ साउन  ।

नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व अध्यक्ष एवम् नेकपा एमालेका केन्द्रिय सदस्य राज कुमार लेखीले गठबन्धन नेतृत्वको बर्तमन सरकारले समावेशी सिद्धान्तलाई चुनौती दिदै सरकार गठनमा संविधानको खिलाप रहेको आरोप लगाएका छन ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कञ्चनरूप नगरपालिकाद्वारा सप्तरीको बस्तिपुर मा आयोजित नगर स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता लेखीले गठबन्धन नेतृत्वको सरकार असमावेशी रहेको उलेख गरेका छन  ।

नेपालको संविधान २०७२ ले राज्यको सबै तहमा समावेशी प्रतिनिधित्व गराउन बाध्यकारी ऎन मै व्यवस्था गरेको छ, लेखीले भने, बर्तमन संघ र प्रदेशको सरकार गठनमा समावेशी नीतिलाई ख्याल गरेन, प्रधानमन्त्री  शेर बहादुर देउवा नेतृत्वको सरकार होस वा लाल बाबू राउत नेतृत्वको मधेश प्रदेश सरकार ती दुबै सरकार असमावेशी छ । लेखीले एमाले नेतृत्वले मात्र समावेशी सिद्धान्तको सम्मान गर्ने विश्वास व्यक्त गरे । आदिवासी जनजाति आन्दोलनको बलमा एमालेकै पहलमा समावेशी नीति नेपालमा प्रारम्भ भयो, लेखीले भने, नेपालको संविधानको प्रस्तावनामै उल्लेख गराउन सफल भयौ तर बर्तमन सरकार गठनमा एकै समुदाय र लिङ्गका मात्र प्रतिनिधित्व गराइएको छ यो संविधान विपरीतको कार्य पनि हो । लेखीले निर्वाचन प्रणालीलाई पूर्ण समावेशी बनाउनु पर्नेमा जोड दिए । समानुपातिक निर्वाचन प्रणालीले सीमान्तकृत, अल्पसंख्यक समुदाय र महिलाको   संसद्‌मा उल्लेखनीय प्रतिनिधित्व हुन सकेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि लेखीले, जनताको त्याग र बलिदानीबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता उपलब्धीहरूको रक्षाका लागि एकताबद्ध हुन आग्रह गरे । ठूलो सङ्घर्षबाट एकात्मक, केन्द्रिकृत राज्य व्यवस्थाको अन्त्य गर्दै देशमा संघात्मकता, समावेशी राज्य प्रणालीको शुरु भयो, लेखीले भने,  सङ्घात्मक र समानुपातिक प्रणालीलाई उपासकहरूले अझै पालन गर्न सकेको छैन, ५० वर्ष सम्म नभएको काम ५ वर्षको अवधिमा भएको छ, अधिकार प्राप्तिका लागि उत्पीडित समुदायहरूम आफै सचेत हुनुपर्छ नभए अझै २०२५ वर्ष लाग्छ । लेखीले आदिवासी जनजाति समुदाय जनचेतनाको अभावले आफ्नै देशमा शोषित, पीडित, भेदभाव र  उत्पादनमा परेको बताए । राना शासन कालको मूलकी ऐनमा आदिवासी जनजातिलाई मासिने जाती भनेर परिभाषित गरेको स्मरण गर्दै लेखीले सोही समयदेखि आदिवासी जनजाति समुदायलाई शिक्षा सहितका राज्यको सेवाबाट बञ्चित गराउँदै भेदभाव  गरेको हुँदा त्यसको प्रभाव हालसम्म कायम रहेको उल्लेख गरे । लेखीले गैरसरकारी संस्थाको माध्यमबाट आदिवासी जनजातिको मुद्दा सम्बोधन गर्न नसकिने भन्दै आदिवासी जनजातिको मुद्दा र समस्या राजनैतिक दलबाट उठाउनु पर्नेमा जोड दिए । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आदिवासी जनजातिहरूको हक अधिकार सुनिश्चित गर्न अग्रणी भूमिका निर्वाह गरेको चर्चा गर्दै नेता लेखीले आदिवासी जनजाति सहित देशका सम्पूर्ण पछाडि पारिएका जातिसमुदायलाई राज्यको मुल प्रबाह पुर्‍याउन अग्रस्थानमा रहने विश्वास व्यक्त गरे । लेखीले मधेश प्रदेश सरकारले आदिवासी जनजाति, मुस्लिमा, दलित, थारू लगायतका आयोग गठन नगरेर समावेशी सिद्धान्तको अपमान गरेको टिप्पणी गरे । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रिय उपाध्यक्ष देव नारायण चौधरीले आदिवासी जनजाति समुदायमाथी राज्य वा पार्टी नेतृत्वबाट भेदभाव कायम राखे स्विकार्य नहुने बताए । एमालेको लोकप्रियतालाई देखेर विपक्षीहरु आत्तिएकाको बताउँदै चौधरीले छुट्टाछुट्टै चुनाव लड्दा भित्तामा पुगिने डरले एमाले विरुद्ध साना दलहरुले गठबन्धन बनाएको टिप्पणी गरे । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रिय महासचिव पेम्बा भोटेले आदिवासी जनजाति समुदायलाई अधिकार दिने सवालमा एमालेको तुलनामा कुनै पार्टी पुग्नै नसकेको दावी गरे । एमालेकै अगुवाइमा देशमा राजनीति क्रान्ति सफल भयो महासचिव भोटेले भने, अब समृद्धिका लागि क्रान्ति आबश्यक  छ ,समृद्धिका लागि समाबेशिताको मुद्दा सशक्त हुनुपर्छ । प्रधानमन्त्री ओलि नेतृत्वको सरकारले समृद्धिको जग बसालेको उल्लेख्य गर्दै भोटेले एमालेकै केही अवसरबादीहरुले उदेश्य पूरा हुन नदिएको जिकिर गरे । उनले बर्गिय बिभेदसंगै जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लिङ्गको आधारमा गरिने विभेद विरुद्ध संघर्ष गर्दै समृद्धि सहितको सामाजिक रुपान्तरण गर्ने उदेश्य लिएर अगाडि बढेको कारण एमाले देशकै ठूलो पार्टी भएको दावी गरे । एमाले देशकै शक्तिशाली पार्टी भएकोले एक्लै एमालेसँग भिड्ने हिमत कुनै पार्टीले गर्न नसक्ने उनको भनाई थियो । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कञ्चनप नगर अध्यक्ष जय नारायण चौधरीको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा एमाले प्रदेश समिति सदस्य कल्पना चौधरी, आश्रादेवी चौधरी, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज सावित्री चौधरी, केन्द्रिय सदस्य मित्र नारायण श्रेष्ठ,  मधेश प्रदेश सचिव चन्ददेव चौधरी, एमाले जिल्ला समिति सदस्य सरस्वती निरौला, पत्रकार बृजमान तामाङ, कञ्नररूप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरे । युवा संघका केन्द्रिय सचिवालय सदस्य मनिस श्रेष्ठद्वारा संचालित कार्यक्रममा स्वागत आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कञ्नरुपका अध्यक्ष लिल बहादुर मगरले गरे । प्रशिक्षण कार्यक्रममा कचनरुप नगरपालिका अन्तर्गतका एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा आबद्ध आदिवासी जनजातिहरूको  सहभागिता रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?