Logo

सवारी दुर्घटना : एक वर्षमा २४ हजार ५३८ सवारी दुर्घटना, दुई हजार ८८३ को मृत्यु

                     
Logo २ भाद्र २०७९, बिहीबार ०९:१८    

२ भाद्र ,काठमाडौं ।

पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि भएको छ । सवारी दुर्घटना बढेसँगै ज्यान गुमाउनेको संख्यासमेत बढेको हो । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार तीन महिनाको तुलनात्मक अध्ययनले दुर्घटना बढेको देखाएको छ । गत वर्षको तीन महिनाको तुलनामा यो वर्ष ६३ प्रतिशतले दुर्घटना बढेको पाइएको हो ।

सवारी दुर्घटना मात्रै होइन दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि ३९ प्रतिशतले बढेको प्रहरीको तथ्यांक छ । आव २०७८/७९ मा कुल २४ हजार ५३८ दुर्घटना भएका छन् । प्रहरीका अनुसार गत आर्थिक वर्षमा ३९ हजार ३७९ सवारीसाधन दुर्घटना भएका हुन् । ती दुर्घटनाबाट कुल दुई हजार ८८३ जनाको मृत्यु भएको छ प्रहरीको तथ्यांक छ । दुर्घटनामा सात हजार २८२ जना घाइते भएको प्रहरीले जनाएको छ । जबकि आर्थिक वर्ष २०७७/७८ मा कुल २० हजार ६४० दुर्घटनामा दुई हजार तीन सयको ज्यान गएका थिए । भने ६ हजार ४४८ जना घाइते भएका थिए । हिटाबाट

 


लोकप्रिय छुटाउनुभयो कि ?