Logo

रौतहटको चन्द्रपुरमा अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु, १ घाइते

                     
Logo २ भाद्र २०७९, बिहीबार १२:०६    

२, भाद्र , रौतहट ,

रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको ज्यान गएको छ। चन्द्रपुर(२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।

काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे ४ बजे एक आपसमा ठक्कर खाएका हुन्।

दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रहरी निरीक्षक अर्बिन्द कुमारले सेतोपाटीलाई जानकारी दिए।

मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्।

दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सविना लुंगेलीको चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको प्रहरी निरीक्षक कुमारले बताए भने बस तथा चालक प्रहरी नियन्त्रण रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?