Logo

खडक नगरपालिकामा डेँगुका बिरामी पुष्टि 

                     
Logo १९ भाद्र २०७९, आईतवार १९:१०    

राजविराज ।

खडक नगरपालिका वडा न ८ मा डेङ्गुका बिरामी फेला परेको छ । शनिबार बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा परिक्षण गरीदा डेङ्गु प्रमाणित भएको हो ।

डेँगु पुष्टि भएपछि नगरपालिकाले वडा न ८ को सङ्क्रमित ढोलबाजा बस्तीमा सोमबारबाट स्वास्थ्य परिक्षण गरि औषधि छर्किने योजना रहेको खडक नगरपालिकाका मेयर जयप्रकाश चौधरीले जानकारी दिए । नगर प्रमुख चौधरीले आइतबार डेँगु भेटेको बारे नगरपालिकामा जानकारी आएकाले हामी जतिसक्दो चाँडो नियन्त्रणका उपायबारे आवश्यक छलफल गरि संक्रमित ( प्रभावित ) बस्तीमा पुगेर स्वास्थ्य परिक्षण ,ल्याब परिक्षण गरिनेछ  , सकभर जति चाँडो हुन्छ औषधि छर्किन टोली पठाउँछौ ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगबाट वचन झुल लगाएर सुत्न ,घरवरिपरी पानी जम्मा भए पुर्न, राति सुत्नेबेला शरीरभरि तेल लगाएर सुत्न नगरपालिकाले आग्रह गरेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?