Logo

युवा संघ नेपालको ‘महाकालीमेची’ अभियान सप्तरी हुँदै प्रदेश नं. १ प्रवेश

                     
Logo २२ भाद्र २०७९, बुधबार १८:४६    

सप्तरी ।

युवा संघ नेपालद्वारा आयोजित महाकाली मेची युवा जागरण अभियान सातौँ दिन मधेश प्रदेश को अन्तिम जिल्ला सप्तरीमा सभा गरेर प्रदेश नं. १ तर्फ लागेको छ । बुधबार बिहान १० बजे सिराहाको लाहानबाट सप्तरी हुँदै अभियान सप्तकोसीको पुलबाट प्रदेश नं. १ प्रवेश गरेको छ ।

अभियानको सन्दर्भमा बुधबार दिउसो १ बजे करिब १००० जनाको उपस्थितिमा कोणसभा गरिएको थियो ।

अभियान सप्तरीको खरचुहियामा कार्यक्रम सकेर प्रदेश नं. १ को सुनसरीको इटहरी पुग्ने युवा संघले जनाएको छ । सप्तरीमा आयोजित कार्यक्रममा वक्ताहरूको रुपमा पोलिट्ब्युरो सदस्य तथा युवा संघ नेपालका इन्चार्ज दिलु पन्त ,युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही ,केन्द्रिय उपाध्यक्ष निरञ्जन झा, कोषाध्यक्ष दीपक दुवाडी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य ,सप्तरी इन्चार्ज तथा प्रदेश सभासदस्य गोविन्द न्यौपाने , केन्द्रीय सदस्य तथा अनेमसंघ केन्द्रिय उपाध्यक्ष उषा पोखरेल नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी सम्बोधन गरेका थिए । अभियानमा नेकपा एकीकृत समाजवादीका मधेश प्रदेशका सदस्यहरू युवा संघ पदाधिकारी तथा सदस्यहरू  सप्तरीबाट विभिन्न भ्रातृसङ्गठनका अध्यक्षहरू अभियान सरिक भै प्रदेश नं. १ को सुनसरी प्रवेश गराएका थिए ।

‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको हो । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।

‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट सुरु गरिएको युवा जागरण अभियान मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?