Logo

सप्तरीको खडक नगरपालिकाको ढोलवजा वस्तीलाई सवच्छ एवम नमुना बस्ती घोषणा

                     
Logo २९ भाद्र २०७९, बुधबार १७:१५    

विरेन्द्र साह

राजविराज ।

सप्तरीको खडक नगरपालिका वडा न ८  बुधबारदेखि पूर्णरूपमा सफा ,सवच्छ एवम नमुना बस्तीको रुपमा घोषणा गरिएको छ ।

एसएनभी नेपालको सहयोगमा सबल नेपालद्वारा सञ्चालित वास एसडिजी कार्यक्रम अन्तर्गत खडक नपा ८ को ढोलवजा वस्तीलाई खडक नगरपालिका मेयर जयप्रकाश  चौधरीले कार्यक्रमका बिच नमुना बस्ती घोषणा गरिएको छ । 

१ सय ३३ घरधुरी रहेको उक्त बस्तीमा सरसफाइको सम्पूर्ण सूचक पूरा गरेपछि ढोलवजा खडक नगरपालिकाको तेस्रो बस्तीको रुपमा घोषणा गरिएको हो । यसअघि खडक नगरपालिकाले वडा न ४ को कर्मिनिया थारु टोल ,त्यसैगरी वडा न ९ को बजराहिगुठ्ठि र बुधबार घोषणा गरिएको ढोलबजा सरसफाइ नमुना बस्तीको सुचीमा समावेश भएको हो । खडक नगरपालिकामा ६३ वटा टोल सहित ११ वटा वडा रहेको छ ।नगरपालिका भित्र ५४ हजार ५० जनसंख्या रहेको खडक नगरपालिकामा ९ हजार ४ सय ८३ घरधुरी रहेको छ । हालसम्म खडक नगरपालिकाले विभिन्न गैरसरकारी संस्था मार्फत २ सय ६२ घरधुरी पूर्णरूपमा सरसफाइ सूचक पूरा गरि  नमुना बस्ती घोषणामा परिसकेको छ ।

नमुना बस्ती गर्दै नगर प्रमुख जयप्रकाश चौधरीले ५ वर्षभित्र नगरपालिका नमुना नगरको सुचीमा समावेश गरिने जानकारी दिए । 


लोकप्रिय छुटाउनुभयो कि ?