Logo

फरक क्षमताका बालबालिकाप्रति स्थानीय सरकार र शिक्षक थप जिम्मेवार बन्नुपर्छ  

                     
Logo २९ भाद्र २०७९, बुधबार १८:०२    

ललिता साह  ।

राजविराज ।

प्रदेश तथा स्थानीय सरकार आइसके पश्चात बालबालिकाको क्षेत्रमा कामहरू थालिएका छन भने फरक क्षमताका बालबालिकाको लागि अझ धेरै गर्न बाँकी रहेको वाल शिक्षा विज्ञ अरुण महतोले बताए ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर चिल्ड्रेन भिजन च्यारिटीले आफ्नो स्थापना दिवसमा अपाङ्ग बालबालिकालाई विद्यालय पोशाक तथा शिक्षण सामग्री वितरण समारोह बीच यस्तो भनेका छन् ।

उनका अनुसार ( हामी हाम्रा बालबालिकालाई समय दिन नसकेर , उहाँहरूसँग हामीले गर्ने गरेको व्यवहारका कारण हाम्रा बच्चा झूटो बोल्छन् र यसरी उसको भविष्य जटिल बन्छ । यसर्थ हाम्रो बालबालिकालाई अभिभावक, शिक्षक , सरकार सँधै असल व्यवहार गर्नुपर्छ । उनले भने ।

स्थानीय सरकारले फरक क्षमताका बालबालिकाको विकासको लागि वडावाट चालु आर्थिक वर्षमा पाँच लाख बढी बजेट छुट्याइएको र ६ कठ्ठा जग्गामा श्रोत केन्द्रको भौतिक संरचना बनाउन  खडक वडा -३ का वडा अध्यक्ष देव नारायण चौधरीले बताए ।

खड्क नगरपालिका सप्तरीको जनहित पवनलाल प्राथमिक  विद्यालय अन्तर्गत सञ्चालित बहिरा बहिरा बालबालिका श्रोत कक्षाका दर्जन बढी विद्यार्थीलाई  पोशाक तथा शिक्षण सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक देवनारायण मण्डलले जानकारी  गराए ।

यो विद्यालयको आवश्यकता महसुस गरेसँगै १२ वर्षअघि यहाँका अपाङ्ग  बच्चा र गाउँका बालबालिकालाई रूखमुनि र गोठ सम्ममा पढाउनुपरेको दयनीय अवस्थालाई प्रअ मण्डलले स्मरण गरे । आज सम्ममा सेभ द चिल्ड्रेन , सबल नेपाल , आसमान नेपाल लगायतका सङ्घसंस्थाको निरन्तरको सहयोगले विद्यालयहरू गुणस्तरीय हुँदै गएको सहयोगी संस्थाको तर्फबाट देव विलास यादवले बताए ।

स्थानीय बुद्धिजीवी पवनलाल चौधरीले स्थापना गरेको पाँच कक्षासम्म पढाई हुने यो विद्यालयको सिकाइ मूल्याङ्कनको आधारमा यो विद्यालयले उत्कृष्ट स्थान हासिल गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य नारायण चौधरीले भनेका छन्। जोखिमयुक्त अवस्थामा रहेका बालबालिकालाई पठनपाठनको उद्देश्यले जिल्लामा चारवटा विद्यालयमा अपाङ्ग  विद्यार्थी कक्षा सञ्चालन हुँदै आएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका लेखाजोखा शाखाका संयोजक विरेन्द्र चौधरीले बताए ।

आज पनि अपाङ्ग बालबालिकामाथि परिवारबाटै मात्र नभई भेदभाव व्याप्त रहेको अपाङ्ग  संघ सप्तरीका अध्यक्ष रामचन्द्र यादवको भनाई रहेको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता साह आयोजक संस्थाका सञ्चालित जमुना कोइराला खडक नगरपालिकाको स्वास्थ्य शाखा संयोजक जीव नारायण चौधरी लगायतले बालबालिका शिक्षाको महत्वबारे आफ्नो धारणा राखेका छन् । 


लोकप्रिय छुटाउनुभयो कि ?