
कञ्चनरूप ।




सप्तरीको कञ्चनरूप नगरपालिकामा ६ जना डेंगु बिरामी पुष्टि भएका छन् ।
कञ्चनरूपको प्राथमिक स्वास्थ्य केन्द्रका बिरामी चेक जाँच गर्दा डेङ्गुका फेला परेको हुन । भदौ २४ देखि ३० गते सम्ममा १० जनाको चेकजाँच गर्दा ६ जनामा डेँगुका बिरामी पुष्टि भएको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर आकाश रौनियारले बताए ।

डेँगु पुष्टि हुनेमा वडा नं ११ का ४५ र ६५ बर्षिया पुरुष ,वडा नं. ६ का २४ बर्षिया पुरुष ,वडा नं. ८ का २६ बर्षिया पुरुष र वडा नं. ८ कै १७ बर्षिया किशोर रहेका छन भने छिमेकी पालिका अग्नीसाइरकृष्णा सवरण गाउँपालिका वडा नंं ६ का ४० बर्षिया पुरुषमा डेँगु देखिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।