Logo

डेंगु नियन्त्रणका लागी घर घरमा औषधि छिट्ने तयारी गर्दै कञ्चनरूप नगरपालिका

                     
Logo ३१ भाद्र २०७९, शुक्रबार १९:४८    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका केही समयदेखि डेंगु रोगीहरू देखा परे पछि संक्रमण फैलिन नदिन १२ वटै वडाका प्रत्येक घर घरमा औषधि छिट्ने भएको छ ।

कञ्चनरूपका नगर प्रमुख ललन प्रसाद गुप्ताको पहलमा नगरपालिकालाई ६० ड्रम डेंगु रोग नियन्त्रणका लागी औषधि व्यवस्थापन भै सकेको कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखाका उप प्रमुख डम्बर गुप्ताले बताए । उप प्रमुख गुप्ताका अनुसार उपलब्ध ६० ड्रम औषधी अघिल्लो वर्षका झै  यस वर्ष पनि १२ वटै वडाका घर घरमा पुगेर औषधी छर्कने व्यवस्थापन मिलाउदै छौ केही दिन पछि यो कार्य शुरु हुने छ ।

लामखुट्टेको वृद्धि र संक्रमण गराउने उपयुक्त मौसम भएका कारण कञ्चनरूमा डेंगु आक्रमणको जोखिम कम गर्न सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेका छन् । कञ्चनरूपमा हाल सम्म १० जनाको चेकजाँच गर्दा ६ जनामा डेँगुका बिरामी पुष्टि छन  ।

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग भएकाले एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्ने गर्दछ ।


लोकप्रिय छुटाउनुभयो कि ?