Logo

कानुन विपरित काम गर्ने जोसुकै भएपनि कारवाहीको दायरामा ल्याउने :सप्तरीका ६६औं प्रजिअ खतिवडा

                     
Logo ३१ भाद्र २०७९, शुक्रबार २१:३१    

 अम्बिका दहाल ,राजविराज । सप्तरीमा ६६ औं प्रमुख जिल्ला अधिकारी भएर आएका नुरहरी खतिवडाले  विकृति विसङ्गति, तस्करी सहाय हुन नसक्ने तथा कानुन विपरित काम गर्ने जोसुकै भएपनि कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

जिल्लास्थित संघसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गर्ने क्रममा खतिवडाले उक्त कुरा बताएका हुन् । संविधान, ऐन, कानुनविरुद्ध कठोर रुपमा प्रस्तुत हुने म रहुन्जेल गलत कार्यको अपेक्षा नगर्दा हुन्छ ।’ आफू कसैको दवाव र प्रलोभनमा नपरी काम गर्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी खतिवडाले  मुखले बोल्दिनँ काम पनि यसै अनुसार अगाडि बढाउँछु ,गलत काम गर्न चाहनेलाई सुत्न नदिने बताए ।

उनले भने सरकारको उद्देश्य पूरा गर्नकै निम्ति आफूहरू काम गरिरहेको बताउँदै जिम्मेवारी र उद्देश्य पूरा नगर्ने कर्मचारी कारवाहीको  भागिदार समेत हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवण कुमार देव, गैर सरकारी संस्था महासङ्घका अध्यक्ष बलदेव मण्डल,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबिनारायण काफ्ले,  शसत्र प्रहरी वल सिमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक प्रदीप खड्का , उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवाल, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, कोशी पीडित समाजका निर्देशक देवनारायण यादव सहितकाले जिल्लामा देखिएका बिभिन्न समस्याको बारेमा अवगत गराएका थिए । 


लोकप्रिय छुटाउनुभयो कि ?