Logo

आर्थिक अवस्था कमजोर रहेकाले पनि न्याय पाउनपर्ने : न्यायाधीश भण्डारी

                     
Logo १ आश्विन २०७९, शनिबार ०९:०३    

अम्बिका दहाल, राजविराज ।  उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले आर्थिक अवस्था कमजोर रहेकाले पनि न्याय पाउनुपर्ने बताउँदै उनले यस्ताका लागि अदालतले वैतनिक कानुनी सहायता उपलब्ध गराएको बताए ।

जितिया, दशैँ, दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा ‘न्यायमा पहुँच’ विषयमा उच्च अदालत बार एशोसिएसन र जिल्ला अदालत बार इकाईका महिला कानुन व्यवसायी समूहले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन ।

‘न्यायका लागि आउनेलाई हामी विभेद गर्दैनौ’ उनले भने, ‘आफ्नो सीमाभित्र रहेर न्याय सम्पादन गर्छौ ।’ उनले भने न्यायमा सहज पहुँचका लागि वार्षिक रुपमा तालिका बनाएरै कार्यक्रम गर्दै आएको उल्लेख गरे ।

उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश शान्ति सिंह थापाले प्रमाण नहुँदा पीडक छुट्ने गरेको बताउँदै प्रमाण जुटाउन सबैलाई सहयोग गर्नु जरुरी रहेको बताइन् ।

जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले अदालतमा न्यायको ढोका सबैका लागि खुल्ला रहेको बताए । अन्यायमा परेकालाई न्याय कागजमा मात्रै नभै व्यवहारमै गर्न खोजेपनि बिभिन्न जटिलताले नसकिएको बताए ।

‘बलात्कारजस्तो मुद्दामा मेलमिलाप गराउँछन्, तर सामान्य विवादमा मुद्दा लडाउन पठाउने गरिन्छ’ उनले भने, ‘यस्ता विषयमा सुधार गर्नु जरुरी छ ।’ उनले जनप्रतिनिधिलाई यसतर्फ गम्भीर भएर ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष भरत यादव, वरिष्ठ अधिवक्ता कृष्णानन्द देव, शिवकुमार चौधरी, महेन्द्र चौधरी, सुजित पोखरेल, जिल्ला बारका पूर्व अध्यक्ष डोमन साह, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परविन ,नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवस हितकाले मन्तव्य व्यक्त गरेका थिए ।

उच्च बार एशोसिएसन महिला समितिका अध्यक्ष दानो चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रम सञ्चालन पार्वती राउतले गरेकी थिइन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?