Logo

कञ्चनपुर बजार क्षेत्रको अतिक्रमण हटाउन नगरपालिकाले डोजर चलायो 

                     
Logo ४ आश्विन २०७९, मंगलवार २०:०८    

सडक खाली नगरे पछि बजार क्षेत्रमा नगरपालिकाले डोजर चलाएको

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाले सात दिने सार्वजनिक सूचना जारी गरे पछि पनि अतिक्रमण गरिएको सार्वजनिक सडक खाली नगरे पछि बजार क्षेत्रमा नगरपालिकाले डोजर चलाएको छ ।

कञ्चनपुर–फत्तेपुर सडक खण्ड अन्तर्गत कञ्चनपुर बजारदेखि बेरियर सम्मको सडकका दुवै पट्टिको नाला भन्दा बाहिर पट्टि १.५ मिटर भित्रमा जथाभावी सरसामान थुपार्नुका साथै घर टहरा छाप्रा ले गर्दा आवागमनमा कठिनाइ हुँदै आएको गुनासोपछि नगरप्रमुख ललन प्रसाद गुप्ताको नेतृत्वमा सडक खाली गराउने ७ दिने सूचना प्रकाशित गरेका थिए । नगर प्रमुखले गत भद्र १६ गते एक साता भित्र नगर क्षेत्रभित्रका सडक खाली गर्न गराउन अनुरोध गरेका थिए।

सात दिनु सूचना समाप्त भए पछि पनि पटक पटक मौखिक जानकारी गराउँदा समेत सडक खाली नगरे पछि आज बिहानैबाट डोजर चलाएको हो ।

नगरपालिकाको सूचनाको अटेर गरी स्थानीयले सडक खाली नगरेपछि नगरप्रमुख गुप्ताले नगरपालिकाको १० जना कर्मचारी, सम्बन्धित वडाका वडा अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली बनाई सडक खाली गराउने अभियान सुरु गरिएको नगरप्रमुख गुप्ताले बताए।

“सूचना प्रकाशनपछि कानुनको पालना बराबर किसिमले हुनुपर्छ, त्यसका लागि सम्पूर्ण नगरवासीलाई सडक खाली गरेर कानुनको पालना गर्नका लागि समय पनि दिइएको थियो।” नगर प्रमुख गुप्ताले भने, “दिइएको समयमा स्थानीयले सडक खाली नगरेपछि नगर प्रमुख गुप्ताको नेतृत्वमा असोज ४ गतेदेखि  सडक खाली गराउने अभियान सुरु गरिएको छ।”

वडा नं। ८ वडा अध्यक्ष प्रसाद कृष्ण साहका अनुसार अभियानअन्तर्गत नगरपालिका –८को कञ्चनपुर बचार देखी वेरियर सम्मको सम्पूर्ण सडक खाली गराइएको हो। सडकको नाला छाडेर १।५ मिटर भित्रमा परेका घर टहरा तथा सडकमा थुपारिएर राखिएको घरायसी सरसामान, टायर गाडा, ट्याक्टर, पशु, बाख्रा, गाईबस्तु हटाई सडक खाली गराइएको बताएका छन ।

नगरपालिकाका दुईवटा ट्याक्टर, जेसीबी प्रयोग गरेर सडक मिचेर बनाइएको संरचना खाली गराउने काम पनि सँगसँगै भइरहेको छ ।

यो अभियान हाम्रो नगरपालिकाभित्रको १२ वटै वडामा क्रमश सञ्चालन गर्ने योजना रहेको नगर प्रमुखको भनाई रहेको छ ।

सात दिने सूचना यस्तो थियो ।

यस कञ्चनरूप नगरपालिका भित्र रहेको पूर्वपश्चिम लोकमार्ग र बेरियर देखि फत्तेपुर जाने मुख्य सडकमा दिन प्रतिदिन दुर्घटनाको बढ्दो स्थिति र मानिसहरूलाई आवत जावत गर्न फुटफाटमा कठिनाइ भइरहेको सन्दर्भमा जनगुनासोहरु बढेको कारणले देहाय बमोजिमका निर्देशन परिपालन गर्न सम्बन्धित व्यापारी, घरधनीहरुलाई हार्दिक अपिल गरिन्छ । तसर्थ यो सूचनालाई आलटाल नगरी प्रकाशित भएको मितिले ७९सात० दिन भित्र सडक क्षेत्राधिकार भित्रको संरचना, निर्माण सामागी र आफ्नो घर अगाडीको नाला विभिन्त कारणवश भत्काईएकोले सो समेत निर्माण गरी बजार वा फुटपातको सौन्दर्यकरणमा सहयोग गरि दिनु हुन अनुरोध छ । साथै यो सूचनालाई वेवास्ता गरी अटेरी गरेको पाईएमा नगरपालिकाले कानून बमोजिम संरचना खाली गराउने व्यहोरा सम्वन्धित सबैमा जानकारी गराइन्छ ।

तपशिल

१. पूर्वपश्चिम लोकमार्गको वडा नं। १, २, ३, ८, ९, १०, ११ र १२ सडकको २५ मी.       श्षेताधिकार भएको सडकको दायाँ९बायाँ खाली गर्ने ।

२.वरमभझियाको मुख्य बजार क्षेत्रमा सडकको दायाँ बायाँ होडिब्ग बोर्ड राखिएकोमा यथाशिघ्ल उक्त होडिड्ग बोडं लगायतका सामाग्रीहरु हटाउने ।

३. बेरियर देखि कंचनपुर बजार हुँदै फत्तेपुर जाने सडक खण्डको नालाको संरचना पछि १.५ मी.(डेढ मिटर) दायाँ बायाँ फुटपातको बाटोमा रहेको संरचना, निर्माण सामाग्री आदी खाली गर्ने ।

४. बेरियर देखि कंचनपुर बजारमा निर्माण गरिएको नाला विभिन्न कारणवश भत्काईएकोले सम्बन्धित घरधनीले यथाशिघ्र ७९सात० दिन भित्र निर्माण गरी सहयोग गर्ने ।


लोकप्रिय छुटाउनुभयो कि ?