Logo

थारुहरुको रहन सहन , भेषभुषा , सस्कृती एउटा छुट्टै परिचय

                     
Logo ४ आश्विन २०७९, मंगलवार २१:०८    

अम्बिका दहाल ।

राजबिराज ।

थारु आदिबासी महिला समन्वय समिति राजबिराजले आज ११ औं जितिया महोत्सव गरेको छ ।

जितिया मुल समारोह समिती राजबिराजको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि युनिक एजुकेसन एकेडेमीकि पृन्सिपल सबिना चौधरीले थारुहरु नेपालको पुरानो जाति रहेको र थारुहरुको रहन सहन , भेषभुषा , सस्कृती अनि एउटा छुट्टै परिचयरहेको बताइन ।

पुर्व संविधान सभा सदस्य लक्ष्मी चौधरीले थारुहरुको परम्परा सस्कृतिलाइ अहिलेका पुस्ताले राम्ररी बुझ्नुपर्ने र आफ्नो धर्म सस्कृतिलाई बचाईराख्नुपर्ने र अरु सरह राज्यको हरेक निकाएमा थारुहरुले पनि उतिकै सहभागीता पाउनुपर्ने र अहिलेसम्म नपाएको बताइन चौधरीले थारु सस्कृतिको पौराणिक धुम्राहा नृत्य पनि प्रतुत गरेकि थिएन ,

पुर्व शिक्षिका मन्जु श्रेष्ठ ,महिला बिकास अधिकृत अनिता चौधरी , नेपाल पत्रकार महासँघ शाखा सप्तरीकि उपाध्यक्ष अम्विका दहाल , समाजसेवी पुरन चौधरीलगाएतले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा जनचेतना फैल्याउने किसिमको लघु नाटक र नृत्यले कार्यक्रमलाई अझ उत्सुकताममुलक

बनाएको थियो ।थारु आदिवासी महिला समन्वय समितिकि अध्यक्ष चन्द्रकला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अनिता चौधरीले गरेकी थिएन भने कार्यक्रमको उद्घोषण रुपा चौधरीले गरेकि थिएन ।


लोकप्रिय छुटाउनुभयो कि ?