Logo

नक्कली सरकारलाई  झै डेढ महिनाबढी झेल्नु पर्ने :एमाले अध्यक्ष ओली

                     
Logo १५ आश्विन २०७९, शनिबार २०:४९    

कञ्चनरूप । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकार नभएर परमादेशबाट आएको एउटा नक्कली सरकारलाई  झै हामीले डेढ महिनाभन्दा अझै बढी झेल्नु पर्ने बताउनु भयो ।

एमाले निकट युवा संघको प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी धोषणा सभालाई सम्बोधन गर्ने क्रममा शनिबार सप्तरीको कञ्चनरूप नगरपालिकामा आयोजना गरेको कार्यक्रममा यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले बिभिन्न ऐनहरू कमिसनको खेलमा अध्यादेशकोरूपमा लाइन लगाएर ल्याउने तयारीमा यो गठबन्धन लागी परेको आरोप लगाउनु भएको छ ।

गठबन्धन सरकारले संविधान र कानून मिचो को उल्लेख गर्दै राज्यका विभिन्न अङ्गलाई बदनाम गर्ने गलत ढङ्गले प्रयोग गर्न खोजेको बताउनु भयो वाँहाले माहाअभियोग जस्ता कुराबाट तर्साउने त्यो टुंगो नलगाउने खाली झुन्ड्याएर राख्ने कार्य गरेको बताउनु भयो ।

अध्यक्ष ओलीका अनुसार नागरिकता समस्या समाधान गर्न आफू प्रधानमन्त्री हुँदा सांसद नभएको वेला अध्यादेशबाट नागरिकता समस्या समाधान गर्न अध्यादेश जारी गरेको उल्लेख गर्दै ५ हजार जनाई वंशजको आधारमा नागरिकता प्रदान गरेका बताउनु भयो ।

अहिले गठबन्धनमा हुनेहरू आफूले ल्याएको अध्यादेश मुद्दा हालेर रोक्न लगाए अदालतको दुरुपयोग गरेर रोक्न लगाएको बताउनु भयो । अहिले हतार हतारमा कसै सँग सल्लाह नगरी छोटोबाटो बाट ल्याउन खोजेको भन्दै राष्ट्रपति तथा प्रतिपक्ष सँग सरसल्लाह गर्नु पर्यो किन गरेन ? त्यसैले यो नक्कली सरकार भएको ओलीले बताउनु भयो ।

अध्यक्ष ओलीले  गठबन्धन धारी सरकारलाई देशको सीमा कहाँसम्म छ भन्ने कुरा पनि थाहा नरहेको बताउँदै देशको सीमा मिचिँदा पनि सरकार घुँडा टेकेर बसेको आरोप लगाउनु भएको छ ।

‘कहीं सीमा मिचेको छ भने बोल्नु सक्नु पर्यो तर गठबन्धन सरकार घुँडा टेकेर बसेको छ । अध्यक्ष ओलीले भन्नुभो । ‘आफ्नो सिमा रक्षा गर्नु त परै जाओस्,  सिमाना कहाँसम्म हो त्यो पनि थाहा नभएको उल्लेख  गर्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धन सरकारलाई नक्कलीको संज्ञा दिदै जलस्रोत, जग्गा, नदीनाला, खनिजको पनि रक्षा गर्न नसकेको भन्दै लोकतन्त्रसँग मतलब नराखी लुटतन्त्र मच्चाएको आरोप लगाउनु भयो ।’

अध्यक्ष ओलीले सरकारले चुनाव निष्पक्ष गराउने पक्षमा नभई जसरी पनि जित्नुपर्ने सोच राखेको भ्रष्ट, धाँधलीवाद सरकार संज्ञा दिनु भयो ।

जसरी पनि जित्नुपर्छ भन्ने सरकार हो । त्यसकारण हाम्रा युवाहरूले निष्पक्ष धाँधली कतै हुन नदिन, शान्तिपूर्ण ढंगले निर्वाचन गराउन आफ्ना स्वयंसेवक दलहरुलाई तयार गरी हरेक बुथमा खटाउनुपर्छ’ बताउनु भएको हो ।

एमालेअध्यक्ष ओली यसअघि २३ फागुन २०७३ मा एमालेको मेची महाकाली अभियान अन्तर्गतको कार्यक्रमका लागि सप्तरी आएनु भएको थियो । मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेले अभियानको कार्यक्रम गर्न खोज्दा तत्कालिन मधेशी मोर्चाले अवरोध गर्दा झडप रोक्न खटिएको प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।     


लोकप्रिय छुटाउनुभयो कि ?